कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन् « Khabarhub

कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन्


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री रहिरहने परिस्थिति समाप्त भएपछिको परिस्थिति बुझेरै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति आएको टिप्पणी गरेका छ ।

संसद् बैठकमा दलीय प्रतिनिधित्व गर्दै विशेष समयअन्तर्गत बोल्ने क्रममा कांग्रेसका प्रवक्तासमेत रहेका सांसद डा. प्रकाशशरण महतले यस्तो टिप्पणी गरेका हुन् ।

‘नेपाली कांग्रेससँग सहकार्य गरे पनि, एमालेसँग सहकार्य गरे पनि प्रधानमन्त्री प्रचण्डजीकै हुन्छ । आफूभन्दा बाहिर जाँदैन भन्ने मानसिकतामा हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यो परिस्थिति समाप्त भएकाले धेरै अभिव्यक्ति त्यसबाट अभिप्रेरित भएर आएको मैले महसुस गरेँ ।’

सांसद महतले कांग्रेससँगको अघिल्लो गठबन्धन भत्काएर नेकपा एमालेसँग सत्ता साझेदारी गरेपछि प्रधानमन्त्रीका हैसियतमा प्रचण्डले दिएको अभिव्यक्तिसमेत स्मरण गराए ।

‘नेपाली कांग्रेससँगको गठबन्धन छाड्नु भयो । त्यसबेला आर्थिक स्थिति मैले भनेजस्तो भएन, अर्थमन्त्रीले सहयोग गरेन भन्ने जस्तो अभिव्यक्ति दिनुभयो,’ महतले भने, ‘तर, आज फेरि उहाँले त्यसबेला एक–एक गरेर धेरै उपलब्धि भएका थिए, मेरै नेतृत्वको सरकारले गरको भनेर दोहोर्‍याउनुभयो ।’

तत्कालीन अर्थमन्त्री रहेका सांसद महतले कांग्रेस र माओवादी गठबन्धनको सरकारको बेला आर्थिक मन्दीको अवस्था रहेको बताए । ‘त्यो अवस्थाबाट जुन आर्थिक रुपमा अगाडि बढाउने हामीले सशक्त कोसिस गर्‍यौँ,’ उनले भने, ‘त्यसमा हाम्रो सहभागिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यो उहाँ (प्रचण्ड)ले बुझ्नु पर्दछ ।’

महतले माओवादी अध्यक्ष प्रचण्डले बिहीबारको बैठकमा कांग्रेसकाप्रति गरेको टिप्पणीलाई आफ्नो पार्टीले अस्वाभाविक रुपमा नलिएको पनि स्पष्ट पारे । ‘प्रतिपक्षीले सत्तापक्षलाई आलोचना गर्छन्, हामीले अस्वाभाविक रुपमा लिएका छैनौँ,’ उनले भने ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ५४ बजे

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौं– काठमाडौं प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस,

बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का

ढाका, बंगलादेश – सन् २०२४ को जनविद्रोहपछि भएको बंगलादेशको पहिलो

किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य

काठमाडौ- देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन सुदृढीकरण,