वर्तमान सरकारले जनताका अपेक्षा पुरा गर्नसक्छ : डा. महत | Khabarhub Khabarhub

वर्तमान सरकारले जनताका अपेक्षा पुरा गर्नसक्छ : डा. महत


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले वर्तमान सरकारले जनताको अपेक्षा पुरा गर्न सक्नुपर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले ठूला दल मिलेर बनेको सरकारप्रति जनताको धेरै आशा रहेको भन्दै जनताको आशा पुरा गर्न खरो रूपमा उत्रनुपर्ने बताएका हुन् । 

पार्टी भन्दा माथि उठेर सरकारले काम गर्न सक्नुपर्ने उनले बताए । उनले पदबाट बाहिर निस्केपछि प्रचण्डले सदनमा आक्रोश व्यक्त गरेका टिप्पणी गरे । 

एकदलीय व्यवस्था स्थापित गर्न माओवादीले युद्ध लडेको भन्दै उनले सबैको पहलका कारण माओवादी बहुदलीय व्यवस्थामा आएको जिकिर गरे। उनले लगानी बढाउनका लागि नै सरकारले अध्यादेश ल्याएकाले सबै एकमत हुनुपर्ने धारणा राखे ।  

त्यस्तै एमाले सांसद रघुजी पन्तले तथ्यका आधारमा सरकारको विरोध गर्न प्रतिपक्षीलाई सुझाव दिए । उनले संसदमा प्रचण्डले दिएको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित रहेको जिकिर गरे ।

सत्य र तथ्यका साथै जनताको आकांक्षामा माओवादी पार्टी देखा पर्न नसकेको उनले बताए । उनले सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कुनै कारण नरहेको धारणा राखे । 

उनले भने, ‘त्यसैले यो संवैधानिक अधिकार हो, निश्चय पनि अध्यादेशमा आएका बुँदाहरूले, अध्यादेश दफाहरूले यदि, नेपाली जनताको अधिकार खोस्छ, नेपाली जनताको अहित गर्छ, नेपालको सार्वभौमसत्ता र नेपालको राष्ट्र हितमाथि चोट पुर्‍याउँछ भने उहाँले देखाएर भन्नुस् म पनि त्यसलाई समर्थन गर्छु । होइन भने कुण्ठा र छटपटी प्रधानमन्त्री पद फुत्केको कुण्ठा अनि तावाबाट भुङ्ग्रामा परेको माछाजस्तो उफ्रेर के गर्नु ? केही अर्थ छैन यसको । जनतालाई समाधान चाहिएको हो । जनतालाई आरोप होइन, बाटो चाहिएको छ ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ५ : ५२ बजे

प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : अघिल्लो सरकारले जस्तो टिकटक बन्द नगर्नू

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को