विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गरेको आरोपमा तीन जना पक्राउ


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेरोजगार युवा-युवतीलाई विदेशमा आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेत गुर्भाकोट नगरपालिका-२ का ३६ वर्षीय रमेशकुमार डिसी, रोल्पा गंगादेव गाउँपालिका-५४१ वर्षीय जैबहादुर वली र मकवानपुर थाहा नगरपालिका-२ का ३८ वर्षीय रविन कार्की रहेका छन् ।

उनीहरूलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले रकम लिएर लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाएर सम्पर्कविहीन भएपछि पीडितहरू उजुरी दिन आएका थिए ।

डिसीले सिंगापुर पठाइदिन्छु भनी एक जना पीडितबाट १० लाख रुपैयाँ, वलीले क्रोएसिया पठाइदिने भनी एक जनाबाट ६ लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए ।

कार्कीले स्लोभाकिया पठाइदिने भन्दै एक जनाबाट १९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनीविरूद्ध वृत्त बौद्धमा बैंकिङ कसुर सम्बन्धी ११ लाख ५० हजार बिगोको दुई वटा मुद्दा विचाराधीन रहेका छन् ।

डिसी र वलीलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ भने कार्कीलाई वृत्त बौद्ध पठाइएको छ ।

बौद्धको बैंकिङ कसुर मुद्दाको अनुसन्धान सकिएपछि कार्कीलाई प्रहरीले वैदेशिक रोजगार विभागमा उपस्थित गराउने भएको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ६ : १७ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर