नेविसंघको जलवायु न्यायसम्बन्धी गोष्ठी सम्पन्न « Khabarhub

नेविसंघको जलवायु न्यायसम्बन्धी गोष्ठी सम्पन्न


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जलवायु न्यायसम्बन्धी गोष्ठी  सम्पन्न गरेको छ । नेविसंघले बिहीबार सोलुखुम्बुको स्यानबोचेमा गोष्ठी सम्पन्न गरेको हो । 

‘जय नेपाल टी–ट्वान्टी अन्तर्राष्ट्रिय अन्तर–विश्वविद्यालय क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि नेविसंघले ‘वान अर्थ, वान भ्वाइस : एक्ट वन क्लाइमेट चेन्ज’को उद्देश्यले गोष्ठीको आयोजना गरेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । 

गोष्ठीमा जय नेपाल क्रिकेट प्रतियोगिताको विजेता टोली मध्यपश्चिम विश्वविद्यालय, सगरमाथा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, हिमालयन ट्रेकर्स नेपालका प्रतिनिधि, स्थानीयबासी, ट्रेकरहरू, नेविसंघका सदस्यहरू तथा जलवायु अभियन्ताहरूको सहभागिता रहेको थियो ।

वल्ड्र्स युथ फर क्लाइमेट जस्टिसकी राष्ट्रिय अभियानकर्ता सुस्मिता क्षेत्रीले सञ्चालन गरेको गोष्ठीको सन्देश ‘हिउँ पग्लिनु अघि नै कारबाही गरौँ’ भन्ने रहेको नेविसंघले जनाएको छ ।

गोष्ठीमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विवेक बैजू, हिमालयन ट्रेकर्स नेपालका प्रतिनिधि नवा छिरिङ शेर्पा, होटल एभरेस्ट भ्युका मालिक आङ शेर्पा र मध्यपश्चिम विश्वविद्यालयका सहायक प्राध्यापक विक्रम खड्काले आ–आफ्नो धारणा राखेका थिए । 

गोष्ठीका सहभागीहरूले ‘जलवायु न्याय’ लेखिएको ब्यानरमा हस्ताक्षर क्रिकेट प्रतियोगितामा भएका जम्मा रन संख्या बराबर वृक्षारोपण गरेको प्रवक्ता सेजुवालले जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ६ : ३५ बजे

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश