मदन भण्डारी राजमार्गको रिडी–बल्कोट सडक एक महिना बन्द « Khabarhub

मदन भण्डारी राजमार्गको रिडी–बल्कोट सडक एक महिना बन्द


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गुल्मी– मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–बल्कोट सडकखण्ड आजदेखि एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका– १ स्थित साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि करिब एक महिनाका लागि उक्त सडक बन्द भएको हो ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक रुपमा सूचना जारी गरी माघ २५ गते शुक्रबारदेखि फागुन २० गतेसम्म सडक पूर्णरूपमा बन्द गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिए ।

सडक सुचारु गरी काम गर्दा यात्रुहरूमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार केही समयका लागि वैकल्पिक सडकको प्रयोग गरी उक्त सडक पूर्णरुपमा बन्द गरि काम सुरु गरिएको निमित्त योजना प्रमुख पौडेलले बताए ।

सडक बन्द भएपछि कार्यालयले यात्रुलाई वैकल्पिक मार्गको लागि सातमुरेदेखि श्रृङ्गा बलेटक्सार हुँदै रिडी, सातमुरदेखि–सिजिको बाटो हुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि ठाडो खोला हुँदै रिडीको सडक प्रयोगमा ल्याएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयले आवश्यक समन्वय र सहजीकरणका लागि गुल्मी र अर्घाखाँची जिल्लाका जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, छत्रदेव गाउँपालिका, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, उद्योग वाणिज्य सङ्घ र पश्चिम नेपाल बस व्यवसायी समितिलाई आग्रह गरिसकेको छ । 

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १२ : ०६ बजे

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला