गण्डकी प्रदेशसभा बैठक फागुन २ गतेलाई सारियो « Khabarhub

गण्डकी प्रदेशसभा बैठक फागुन २ गतेलाई सारियो


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा– माघ ३० गतेका लागि तय भएको गण्डकी प्रदेशसभाको बैठक फागुन २ गतेका लागि सारिएको छ। प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै विशेष कारण देखाउँदै बैठक सारिएको जानकारी दिएको हो।

प्रदेश सभाको हिउँदे अधिवेशन २१ गते सुरु भएको थियो। पहिलो दिन १० मिनेटमै सकिएको बैठक ३० गते बस्ने तय गरिएको थियो। तर, प्रदेश सभा सदस्य तथा मन्त्रीहरू जिल्लातिर रहेको र फागुन १ गते जनयुद्ध दिवस परेकाले बैठक सारिएको हो।

२१ गतेको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश पेस गरेका थिए। प्रदेश सभामा यसअघि दर्ता भएका ३ विधेयक विषयगत समितिमा विचाराधीन छन्। सरकारले औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक दर्ता गराइसकेको छ।

मुख्यमन्त्री पाण्डेले हिउँदे अधिवेशनमा १० भन्दा बढी विधेयक पारित गर्ने बताएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले ४ विधेयकका लागि तयारी गरिरहेको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाँजा खेती र घरेलु मदिरा सम्बन्धी विधेयक अघि बढाएको छ। ऊर्जा मन्त्रालयले विद्युत् ऐनको मस्यौदा अन्तिम चरणमा पुर्‍याएको छ। भौतिक मन्त्रालयले २ विधेयक ल्याउँदै छ भने स्वास्थ्य मन्त्रालयले पनि एउटा विधेयकमाथि तयारी गरिरहेको छ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १२ : ४५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा