बेलायती अधिराजकुमार र अधिराजकुमारीले गरे परेड अवलोकन | Khabarhub Khabarhub

बेलायती अधिराजकुमार र अधिराजकुमारीले गरे परेड अवलोकन


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

गण्डकी– संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले आज पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका दुई सय ७४ नेपाली युवाले प्रस्तुत गरेको परेड अवलोकन गरेका छन् ।

नेपालको भ्रमणमा रहेका बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले वार्षिक प्रमाणीकरण परेड अवलोकनसँगै उनीहरूका परिवारजनलाई प्रत्यक्ष भेटी विभिन्न जानकारी लिएका थिए ।

समारोहमा अधिराजकुमार एड्वर्डले भने, ‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजार भन्दा बढीमध्ये केवल दुई सय ७४ नयाँ गोर्खामध्ये तपाइ एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीमध्ये एक रहेको छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्नसक्ने अवस्थामा हुनुहुन्छ ।’

समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइलगायतले भर्ती भएका नयाँ सैनिकको प्रमाणीकरणको अवलोकन गरेका थिए । परेडका अवसरमा ३८ राज्याभिषेक पदक र दुई दीर्घ सेवा तथा असल आचरण पदक पनि प्रदान गरिएको थियो ।

सफल हुने दुई सय ७४ प्रशिक्षार्थी एक वर्षको छनोट प्रक्रियापछि बेलायती सेनामा सामेल हुँदैछन् । उनीहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र पुग्नेछन्, जहाँ उनीहरूले नौ महिना लामो प्रशिक्षणमा सहभागी हुने कार्यक्रममा जानकारी दिइयो ।

पोखरामा बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले गोर्खा वेल्फेयर ट्रस्ट ९जिडब्लुटी० एरिया वेल्फेयर केन्द्र ९एडब्लुसी०मार्फत बेलायती सेनामा काम गरेकालाई नेपालमा कसरी साथसहयोग उपलब्ध गराइएको छ, भन्ने कुराको पनि प्रत्यक्ष अवलोकन गरे। उनीहरूले जिडब्लुटीको आवासीय गृहले गरिरहेको काम अवलोकन गरेका थिए । यहाँ २० जना सबैभन्दा कमजोर अवस्थामा रहेका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका विधवाहरूलाई आवास र अन्य सहयोग उपलब्ध गराइएको छ ।

बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीे नेपालमा कदुरी कृषि सहायता सङ्घ (केएएए) को कामको बारेमा पनि जानकारी लिएका थिए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ३ : १२ बजे

पाकिस्तानमा बाढी र खडेरीका कारण चार करोडभन्दा बढी प्रभावित

एजेन्सी – पाकिस्तानी योजना तथा विकास मन्त्री अहसान इकबालले आफ्नो

संसदमा जब प्रचण्ड ‘न्यायाधीश’ बने…

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विहीबार प्रतिनिधिसभामा

जंगलमै छिरेर मानिसको अत्याचार, मकुनाले पाउनुपर्छ न्याय

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहितको टोलीमाथि जाइलागेपछि

जब सीताराम अफताब आलमको हुलियामा भेटिए…

काठमाडौं– यी तस्बिरका दुई व्यक्ति हेर्नुस् त ! झट्ट हेर्दा