जलविद्युत आयोजना रोकिए देशलाई घाटा हुन्छ : मन्त्री खड्का | Khabarhub Khabarhub

जलविद्युत आयोजना रोकिए देशलाई घाटा हुन्छ : मन्त्री खड्का


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारसँग भएको जलविद्युत आयोजनाहरूलाई एकै पटक सुरु गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा बोल्दै मन्त्री खड्काले जलविद्युत क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि सबै आयोजनाहरू एकैसाथ सुरु गर्नुपर्ने बताएका हुन् ।

बिबिधि कारणले जलविद्युत आयोजना निर्माण रोकिएर बस्नुपर्ने अवस्थाले देशलाई नै घाटा हुने उनले बताए । उनले आयोजना निर्माण गर्दा लगानीकर्ता पर्खिएर बस्नुपर्ने अवस्थाका कारण केही महत्त्वपूर्ण आयोजना सुरु हुन नसकेको धारणा राखे ।

बैठकमा समिति सदस्यहरूले सरकारको स्वामित्व रहेको जलविद्युत कम्पनीहरूले पनि समयमा नै आयोजना सम्पन्न गर्न नसक्दा राज्यलाई घाटा भएको प्रति ध्यानाकर्षण गराएका थिए । त्यस्तै सरकारको स्वामित्व रहेको जलविद्युत कम्पनीहरुहरुले सेयर जारी गर्दा सम्बन्धित निकायको स्वीकृत आवश्यक रहेकोमा यस्तो नदेखिएको उनीहरूले बताएका थिए । 

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ४ : १३ बजे

धुम्रपान न्यूनीकरणमा सादा प्याकेजिङ र कर नीति प्रभावकारी हुने

काठमाडौं – सुर्तीजन्य पदार्थको बढ्दो उपभोग न्यूनीकरण गर्न उच्च कर

अमेरिकी रोजगारी तथ्याङ्क: डलर कमजोर, शेयर बजारमा वृद्धि

लन्डन – अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन

लमजुङ – राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न