जलविद्युत आयोजना रोकिए देशलाई घाटा हुन्छ : मन्त्री खड्का « Khabarhub

जलविद्युत आयोजना रोकिए देशलाई घाटा हुन्छ : मन्त्री खड्का


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारसँग भएको जलविद्युत आयोजनाहरूलाई एकै पटक सुरु गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा बोल्दै मन्त्री खड्काले जलविद्युत क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि सबै आयोजनाहरू एकैसाथ सुरु गर्नुपर्ने बताएका हुन् ।

बिबिधि कारणले जलविद्युत आयोजना निर्माण रोकिएर बस्नुपर्ने अवस्थाले देशलाई नै घाटा हुने उनले बताए । उनले आयोजना निर्माण गर्दा लगानीकर्ता पर्खिएर बस्नुपर्ने अवस्थाका कारण केही महत्त्वपूर्ण आयोजना सुरु हुन नसकेको धारणा राखे ।

बैठकमा समिति सदस्यहरूले सरकारको स्वामित्व रहेको जलविद्युत कम्पनीहरूले पनि समयमा नै आयोजना सम्पन्न गर्न नसक्दा राज्यलाई घाटा भएको प्रति ध्यानाकर्षण गराएका थिए । त्यस्तै सरकारको स्वामित्व रहेको जलविद्युत कम्पनीहरुहरुले सेयर जारी गर्दा सम्बन्धित निकायको स्वीकृत आवश्यक रहेकोमा यस्तो नदेखिएको उनीहरूले बताएका थिए । 

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ४ : १३ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको