वर्तमान सरकार उल्टो बाटोतीर : अध्यक्ष केसी | Khabarhub Khabarhub

वर्तमान सरकार उल्टो बाटोतीर : अध्यक्ष केसी


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले वर्तमान सरकार उल्टो बाटोमा हिँड्न खोजेको बताएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले समयमा नै संसद् नबोलाई अध्यादेश ल्याएर सरकार उल्टो बाटोमा हिँड्न खोजेको बताएका हुन् ।

उनले सदन खोलेपछि पनि सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउन नसकेको उल्लेख गरे । अर्थतन्त्र उकास्नका लागि अध्यादेश ल्याएको भने पनि राजनीतिक दलको चरित्रले मुलुकको अर्थतन्त्र सुध्रन सक्ने अवस्थामा नरहेको उनले बताए ।

उनले सत्ता र शक्तिमा बस्नेहरू भ्रष्टाचारको मतियार भएको आरोप लगाए । अध्यक्ष केसीले देश र जनताका लागि नभई मुठिभर व्यक्तिको रक्षाका लागि अध्यादेश ल्याएको जिकिर गरे ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ४ : २३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय