पाकिस्तानमा बाढी र खडेरीका कारण चार करोडभन्दा बढी प्रभावित « Khabarhub

पाकिस्तानमा बाढी र खडेरीका कारण चार करोडभन्दा बढी प्रभावित


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानी योजना तथा विकास मन्त्री अहसान इकबालले आफ्नो देशले आर्थिक वृद्धि र विकासलाई बढावा दिन जलवायु परिवर्तनको प्रभावसँग लड्न प्रयासरत रहेको बताएका छन्‌ ।

‘हिमताल प्रकोप, बाढी, धुवाँ र अन्य प्राकृतिक प्रकोपसँग जुध्न विशेष नीतिहरू कार्यान्वयन भइरहेका छन्,’ मन्त्री इकबालले भने ।

इकबालले हालैका वर्षहरूमा बाढी र खडेरीलगायत जलवायु–प्रेरित आपतकालले चार करोडभन्दा बढी मानिसहरूलाई असर गरेको बताए ।

सन् २०२२ मा आएको विनाशकारी बाढीबाट पाकिस्तानको एक तिहाइ भूभाग डुबानमा परेको, लाखौं मानिस विस्थापित भएको र ३० अर्ब अमेरिकी डलरको क्षति भएको थियो ।

कुल गार्हस्थ्य उत्पादनमा १९ प्रतिशत र रोजगारीको ३८ प्रतिशत योगदान गर्ने कृषिले अप्रत्याशित मौसम र पानीको उपलब्धतामा कमीले गम्भीर खतराको सामना गरिरहेको छ ।

पाकिस्तानले अवैध वृक्षारोपण, शहरी विस्तार, जैविक विविधताको हानि र कार्बन उत्सर्जनको कारणले वार्षिक रूपमा २७ हजार हेक्टेयर जङ्गल गुमाउँदैछ ।

मन्त्रीले सक्रिय कदम चालेर जलवायु अनुकूलन र जल संरक्षणको वकालत गर्ने क्षेत्रीय नेतृत्वमा रहेको बताए ।

उनले थपे, ‘पाकिस्तानले राष्ट्रिय जलवायु अनुकूलन योजनाहरूलाई बलियो बनाएको छ । कमजोर देशहरूलाई सहयोग गर्न वकालत गरेको छ । साथै, पारिस्थितिक प्रणालीमा आधारित अनुकूलन रणनीतिहरू विकास गरेको छ ।’

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ८ : ४९ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली