एसियन एम्पुटी फुटबल : आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा  « Khabarhub

एसियन एम्पुटी फुटबल : आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा 


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे बङ्गलादेशको ढाकास्थित वसुन्धरा रङ्गशालामा सुरु हुनेछ ।

एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका वा एउटा हात नभएका) खेलाडीहरूले खेल्ने खेल हो ।

प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बङ्गलादेश, इरान, इराक र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने भनिए पनि इरान अनुपस्थित भएपछि पाँच देशबीच प्रतिस्पर्धा हुनेछ । 

माघ ३० गतेसम्म चल्ने प्रतियोगितामा नेपालले दोस्रो खेल बङ्गलादेशसँग माघ २७ गते, तेस्रो खेल माघ २८ गते इराकसँग र अन्तिम खेल २९ गते इन्डोनेसियासँग खेल्ने तालिका छ ।

प्रतियोगितामा भाग लिन १३ खेलाडी र ७ अफिसियलसहित २० सदस्यीय नेपाली टोली गत मङ्गलबार बङ्गलादेश गएको थियो ।

नेपाली टिममा खेलाडी डिल्लीबहादुर बिष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुङ्गाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईँ, राज पौडेल र प्रकाश सिंह रहेका छन् ।

प्रतियोगिताको उद्‌घाटन खेलमा हिजो उज्वेकिस्तानले इन्डोनेसियालाई ८–१ गोलले हराउँदै प्रतियोगितामा सानदार सुरुवात गरेको छ । यस्तै हिजो नै भएको अर्को खेलमा इराकले बङ्गलादेशलाई ६–० गोलले हराएको थियो । 

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ७ : १६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी