गाडीमा यौन दुर्व्यवहार गरेको भन्दै पूर्व सांसद पक्राउ | Khabarhub Khabarhub

गाडीमा यौन दुर्व्यवहार गरेको भन्दै पूर्व सांसद पक्राउ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक यातायातमा महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व सभासद (पूर्व सांसद)  पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा योगेन्द्र घिसिङ छन् । घिसिङ तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०७० सालको संविधानसभामा समानुपातिक तर्फका सदस्य थिए ।

पीडित पक्षको उजुरीका आधारमा पूर्व सभासद घिसिङलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

घिसिङलाई भने तत्कालीन माओवादीले नै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको थियो ।

स्थानीय तहको निर्वाचनका बेला आफू निकटका व्यक्तिलाई उम्मेदवार हुन भन्दै टिकट दिएको आरोपमा उनी माओवादीबाट निष्काशनमा परेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : ४६ बजे

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

कैलाली – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन – अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका

कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत

गलकोट – अहिले खेतबारीमा गहुँ चुट्न किसानलाई भ्याइनभ्याइ छ ।