जब विद्रोह उठ्छ साहित्यले इतिहास लेख्छ : खगेन्द्र संग्रौला « Khabarhub

जब विद्रोह उठ्छ साहित्यले इतिहास लेख्छ : खगेन्द्र संग्रौला


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुर साहित्य महोत्सवले ‘आन्दोलन र साहित्य’ सत्रले विचार, चेतना र सृजनशीलताको उचाइमा पुर्‍याउन गहन बहसलाई अघि बढाएको छ ।

 यस सत्रका प्रमुख वक्ता प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले नेपाली साहित्य र आन्दोलनको अद्वितीय सम्बन्धको उजागर गर्दै आफ्नो लामो तथा गहिरो विचार प्रस्तुत गरेका हुन् ।

संग्रौलाले साहित्य कुनै पनि समाजको गहिरो परिवर्तनको माध्यम मात्र नभई विद्रोहको एक सबल औजार पनि रहेको बताए । उनले नेपाली राजनीतिक आन्दोलन र साहित्यको आपसी सम्बन्धबारे गहिरो चर्चा गर्दै साहित्यले समाजलाई मात्र नभई चेतनालाई पनि क्रान्तिकारी दिशामा मोड्ने गरेको समेत बताए ।

उनले जनआन्दोलन, मधेस आन्दोलन र विभिन्न राजनीतिक संघर्षका पृष्ठभूमिमा नेपाली साहित्यले खेलेको भूमिकालाई उजागर गर्दै भने, ‘जब राजनीति मौन हुन्छ साहित्य बोल्छ,जब विद्रोह उठ्दछ साहित्य त्यसको इतिहास लेख्छ ।’ संग्रौलाले साहित्यकारहरूको भोगाइ र अनुभूतिको आधारमा लेखिएको साहित्यलाई आन्दोलनका धरोहरको रूपमा व्याख्या गर्दै थपे, ‘साहित्यले मानिसको आत्मालाई जगाउँछ, तिनलाई बोल्न बाध्य पार्छ ।’

उनले समाजमा रहेका असमानताहरू, उत्पीडन र राजनीतिक अन्यायहरूविरुद्ध आवाज उठाउने साहित्यकारहरूको योगदानलाई सम्झिँदै भने, ‘नेपाली साहित्यको सबैभन्दा ठूलो शक्ति भनेको यसको विद्रोही पक्ष हो । हामीले कत्ति पनि डर बिना लेख्न सक्ने हिम्मत गर्ने साहित्यिक योद्धाहरूको लामो इतिहास छ ।’ संग्रौलाले विशेष गरी २०४६ सालको जनआन्दोलनदेखि माओवादी विद्रोह, मधेस आन्दोलनसम्मको क्रममा लेखिएका कृतिहरूको प्रभावबारे प्रकाश पार्दै भने, ‘यी आन्दोलनहरूमा जन्मेका र तिनबाट प्रभावित भएका साहित्यहरू हाम्रो देशको इतिहासमा अमर रहनेछन् ।’

उनले साहित्य र राजनीतिलाई केवल दुई अलग विधा मात्र नभएर समाज परिवर्तनका लागि परस्पर पूरक तत्त्वको रूपमा वर्णन गरे ।

 ‘जब एक आन्दोलन सुरु हुन्छ, त्यो आन्दोलन केवल सडकमा मात्र होइन, हृदय र मस्तिष्कमा पनि सुरु हुन्छ । त्यसलाई शब्दमा उतार्ने जिम्मेवारी साहित्यकारहरूको हो,’ संग्रौलाले भावुकतापूर्वक भने । उनका भनाइमा सत्ताको दमन र आन्दोलनको प्रतिरोधको कथा भनेको साहित्यको अन्तस्करण हो । संग्रौलाले साहित्यकारहरूले विभिन्न समयमा आफ्नो कलमको माध्यमबाट सरकारको अन्याय र सामाजिक विभेदका विरुद्ध जुधेको स्मरण गराए । उनले आफ्नो जीवनको अनुभवहरू साझा गर्दै भने, ‘साहित्यकारहरू कहिल्यै पराजित हुँदैनन् । उनीहरूले समाजलाई हरपल झकझक्याइरहन्छन् र परिवर्तनको बीउ रोपिरहन्छन् ।’

संग्रौलाले वर्तमान राजनीतिक परिदृश्यलाई सम्बोधन गर्दै आजको समयमा पनि साहित्यले समाजका विविध समस्याहरूको सामना गर्ने सामर्थ्य राख्नुपर्नेमा जोड दिए । ‘हामीले आन्दोलनको मात्र होइन, नयाँ सम्भावनाको सपना पनि देख्न सक्नुपर्छ । हामीले नयाँ समाजको निर्माणमा हातेमालो गर्नुपर्छ,’ उनले भने ।

जनकपुर साहित्य महोत्सवको यो सत्रले नेपाली साहित्यलाई आन्दोलनसँग अझ बलियो र गहिरो रूपमा जोड्न मद्दत पुर्‍याएको आयोजकको विश्वास छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ३ : ५९ बजे

आहा रारा गोल्डकप : उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

कास्की– मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा

आर्थिक वृद्धिको अङ्क देखाउन दलमा प्रतिस्पर्धा, के छन् आधार ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप