कैलालीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत | Khabarhub Khabarhub

कैलालीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्किंदै गरेकी किशोरीलाई बिहीबार साँझ धनगढीस्थित पुरानो भन्सारमा बस्ने १८ वर्षीय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

बाजुरा घर भएकी किशोरी अध्ययनका लागि धनगढीमा आफन्तकोमा बस्दै आएकी थिइन् । विद्यालयबाट घर फर्किने क्रममा किशोरीलाई ती युवकले सडकमा बाटो छेकेर चक्कु देखाउँदै आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि युवक भागेका युवकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । आफन्तलाई जानकारी गराएपछि करणीबारे जानकारी आएको डीएसपी बोहराले बताए । किशोरी धनगढीस्थित एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन् । 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ११ : ४९ बजे

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल, पुटिनसँग अर्को बैठकको तयारी

वासिंगटन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युदबारेमा युक्रेनी