दशैँ बिदा छोप्ने होडमा फिल्म ‘हरिबहादुरको जुत्ता’ पनि ! « Khabarhub

दशैँ बिदा छोप्ने होडमा फिल्म ‘हरिबहादुरको जुत्ता’ पनि !


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छायाङ्कनरत फिल्म ‘हरिबहादुरको जुत्ता’ प्रदर्शन मिति घोषणा भएको छ । निर्माता सरोज ओलीले आइतबार सामाजिक सञ्जालमार्फत फिल्मको प्रदर्शन मिति आगामी दशैँको फूलपातीलाई तय भएको जानकारी दिएका हुन् ।

छायाङ्कन सुरु भएको एक सातामै यस फिल्मको प्रदर्शन मिति तोकिएको हो । सामाजिक र हास्यकथावस्तुमा बन्न लागेको यस फिल्म हरिवंश आचार्यले निर्वाह गरेको पात्र ‘हरिबहादुर’को प्रभावित भएको बताइएको छ ।

यस फिल्मको निर्देशक दीपेन्द्रकुमार खनाल हुन् । फिल्ममा हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका मुख्य भूमिकामा रहेको बताइएको छ । फिल्म हरिवंश आचार्यको कन्सेप्ट र कथामा बन्न लागेको हो ।

आगामी दशैँ लक्षित गरी प्रदर्शनमा आउने फिल्ममा ‘हरिबहादुरको जुत्ता’ सहभागी भएको छ । यसअघि नै आधा दर्जनभन्दा बढी फिल्मले प्रदर्शन मिति फूलपातीलाई तोकेका छन् ।

दशैँको बिदामा फिल्म प्रदर्शन गर्ने होडमा फिल्महरु ‘माइतीघर’, ‘फन फनी घुमेर’, ‘दशमी’ ‘महाराजधिराज’, ‘परालको आगो’ ‘आगो¹ लगायत छन् ।

छायाङ्कनरत फिल्म ‘बलिदान’ पनि दशैँ लक्षित गरी प्रदर्शनमा आउने बुझिएको छ । दशैँलाई प्रदर्शन मिति तोके पनि यी मध्ये केही फिल्म अझै छायाङ्कनमा निस्किएका छैनन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : २३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु