धनगढी पुगेर परराष्ट्रमन्त्रीले भनिन्- लागूऔषध दुर्व्यसनीमा नफस्नुस्, साथीको लहलहैमा नलाग्नुस् | Khabarhub Khabarhub

धनगढी पुगेर परराष्ट्रमन्त्रीले भनिन्- लागूऔषध दुर्व्यसनीमा नफस्नुस्, साथीको लहलहैमा नलाग्नुस्


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लागूऔषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गरेकी छन्  ।

नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागूऔषध दुर्व्यसनीविरुद्धको बृहत् पैदलयात्राको शुभारम्भ गर्दै उनले लागूऔषधको प्रयोग नगर्न सबैमा आग्रह गरेकी हुन्  ।

‘लागूऔषध एक पटक पनि प्रयोग नगर्नुहोस् । एक मात्राले पनि दिमागमा असर गर्छ । साथीहरूको लहलहैमा पनि नलाग्नुस्,’ मन्त्री देउवाले भनिन्, ‘सकारात्मक कुरा सोचौँ । आफ्ना घरपरिवारलाई सम्झिऊ, लागु औषध प्रयोगमा नलाग्नुस् । यसले कसैलाई राम्रो गर्दैन ।’

लागूऔषध दुर्व्यसनीमा फसेकालाई छोड्न आग्रह गर्दै उनले भनिन्, ‘लागूऔषधमा फसिसकेकाले त्यसबाट निस्कन सकिन्न भन्ने नसोच्नुस् । निस्कन सक्नुहुन्छ, मान्छेले चाहे जे पनि हुन्छ । आजकै दिनदेखि छोड्नुस् ।’

मन्त्री देउवाले लागूऔषध दुर्व्यसनी नेपालमा मात्रै नभएर भारतमासमेत ठूलो समस्याका रूपमा रहेको बताइन्  । उनले भनिन्, ‘लागूऔषधको समस्या पहिलेदेखि नै हो । यसले विशाल रूप लिएको देख्दा चिन्ता र दुःख लागेको छ । यहाँ पनि धेरै घरपरिवारमा यो समस्या छ । लागूऔषध दुर्व्यसनी नलाग्न म आग्रह गर्न चाहन्छु ।’
 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ३ : ०८ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी