हिन्दु धर्मप्रति डा. भट्टराईको अभिव्यक्ति आपत्तिजनकः अध्यक्ष थापा « Khabarhub

हिन्दु धर्मप्रति डा. भट्टराईको अभिव्यक्ति आपत्तिजनकः अध्यक्ष थापा


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एक कार्यक्रममा हिन्दु धर्मको बिषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन्।

थापाले पूर्व प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले भड्काउ अभिव्यक्ति दिनु र धर्म परिवर्तनमा उक्साउनु संविधानको मर्म र भावना बिपरित भएको आरोप लगाए।

हिन्दु धर्मले जन्मको आधरमा कहिँ कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउँदै थापाले धार्मिक ग्रन्थ राम्ररी अध्ययन गर्न भट्टराईलाई सुझाव पनि दिए।

थापाले जातीय द्वन्द्व हुने तर्क गर्दै हिँड्नु जिम्मेवार ब्यक्तिको लागि अशोभनीय भएको बताए। हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुक ठुला दल, ठुला कर्मचारी र ठुला व्यवसायीको सेटिङमा मनपरी ढंगले सञ्चालन भएको आरोप लगाए।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ६ : ५० बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण