राष्ट्रियसभा बैठक : हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ  « Khabarhub

राष्ट्रियसभा बैठक : हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रूक्मिणी कोइरालाले झापा, मोरङ, सुनसरी र उदयपुरमा जङ्गली हात्ती आतङ्कले जनता त्रसित भएको जनाउँदै तत्काल नियन्त्रणका उपाय अपनाउन सरकारसँग माग गरिन्  । 

उनले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा सीमावर्ती भारतीय क्षेत्रबाट ठूलो सङ्ख्यामा गाई आएर बस्दा चरन अभावमा त्यहाँ रहेका अर्नालगायत वन्यजन्तुले मध्यवर्ती क्षेत्रका स्थानीय जनताका बालीनाली नष्ट गरेकाले सोसम्बन्धी समस्या समाधान गर्न माग गरिन्  । 

सांसद विष्णुदेवी पुडासैनीले बाँदर आतङ्कका कारण देशका अधिकांश क्षेत्रका किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएको जनाउँदै बाँदर नियन्त्रणमा सहयोग गर्न आग्रह गरिन् ।

‘बाँदर नियन्त्रणमा सहयोग गर्ने हो भने बाँझो जग्गाबाट आयआर्जन र रोजगारी सृजना गर्न सकिन्छ, बाँदर आतङ्क भएका क्षेत्रमा अदुवा, लसुन, सिस्नुलगायत उच्चमूल्यका खेती गर्न सरकारले प्राविधिक सहायता गर्नुपर्छ ।’ उनले भनिन्

सांसद कृष्णप्रसाद अधिकारीले अनुचितले लेनदेन समस्या समाधानका लागि अघिल्लो सरकारले गठन गरेको मिटरब्याजी जाँजबुझ आयोग राजनीतिक प्रतिशोधका कारण विघटनको सङ्घारमा पुगेको जनाउँदै आयोगलाई पुनः सक्रिय बनाएर मिटरब्याजी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद रेणु चन्दले अछाममा दुई किशोरीको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरिन् । सांसदहरू सांसद जितजङ्ग बस्नेत, पदमबहादुर परियार, मनरूपा शर्मा, विष्णुकुमारी सापकोटा र सावित्री मल्ललगायतले महँगी निन्यन्त्रणसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 
 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ३ : २२ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि