ठमेलमा ड्युटीमा तैनाथ प्रहरी कुट्ने दुईजना पक्राउ, अनेरास्वियुका नेतासहित अन्यको खोजी हुँदै « Khabarhub

ठमेलमा ड्युटीमा तैनाथ प्रहरी कुट्ने दुईजना पक्राउ, अनेरास्वियुका नेतासहित अन्यको खोजी हुँदै


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही माघ २४ गते काठमाडौंको ठमेललस्थित सार्वजनिक सडकमा ड्युटीरत दुईजना प्रहरीलाई कुटपिटमा संलग्नमध्ये दुईजना समातिएका छन् ।

प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको ‘क्विक रेस्पोन्स टीम’ (क्युआरटी) का दुईजना प्रहरीमाथि मध्यराति १२ बजे नेकपा एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताहरूले कुटपिट गरेका थिए ।

६–७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेका बेला सम्झाउन खोज्दा प्रहरीलाई कुटपिट गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए । यीसहितले मोटरसाइकलमा ड्युटीरत प्रहरीलाई लडाएर कुटपिटपछि लौरोसमेत फ्याँकिदिएको खुलेको छ ।

उक्त प्रकरणमा पक्राउ पर्नेहरूमा ताप्लेजुङका २५ वर्षीय दिनेश सिग्देल र दार्चुलाका २६ वर्षीय रमेश फुलारा रहेका छन् । उनीहरू दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल) का विद्यार्थी हुन् ।

प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टलाई कुटपिटमा संलग्न समूहकामध्ये दुईजनालाई एयरपोर्टबाट पक्राउ गरिएको हो । कुटपिटका मुख्य योनजनाकार भनिएका अनेरास्ववियुकै नेता कमल जोशीसहित अझै ५ जना फरार रहेको प्रहरीले जनाएको छ।

उनीहरू दुवैजनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरूको कुटपिटबाट घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट थियो। उनीहरू ट्रमा सेन्टरमा उपचाररत छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ४१ बजे

साफ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौं– भारतमा साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको

अमेरिकाले कब्जा गरेको जहाजका २० इरानी नाविक तेहरान फर्किए

काठमाडौं- अमेरिकाले कब्जा गरेको इरानी जहाजमा सवार २० जना नाभिक

कोशी लोकसेवा आयोगमा फुदोङ र ओझा नियुक्त

काठमाडौं– कोशी प्रदेशको प्रदेश लोकसेवा आयोगको सदस्यमा मोरङ उर्लाबारीका भीम

इरान युद्ध : हमला रोक्ने वा जारी राख्ने विषयमा ट्रम्प र नेतन्याहूबीच मतभेद, फोन संवादमै दुई जनाबीच विवाद

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं– प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको