रोहितको शतकमा भारतको जित « Khabarhub

रोहितको शतकमा भारतको जित


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा चार विकेटको सफलता पाएको छ। आइतबार भएको दिवा रात्रि खेलमा इङ्गल्यान्डले दिएको ३०५ रनको लक्ष्य पछ्याएको भारतले ३३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा ३०८ रन जोडेको हो।

भारतका लागि कप्तान रोहित शर्माले शतकीय योगदान गरे। ९० बलको सामना गरेका उनले १२ चौका र ७ छक्काको सहयोगमा ११९ रन जोडेका हुन्। शर्माको यो ३२ औं एक दिवसीय शतक हो। जितसहित भारतले शृङ्खलामा २-० को अग्रता लिएको छ।

यसैगरी, शुभमन गिलले ५२ बलमा ६० रन जोडे। यी दुईले पहिलो विकेटका लागि १६.४ ओभरमा १३६ रनको साझेदारी गरे। श्रेयास ऐयारले ४४ तथा अक्षर पटेलले अविजित ४१ रनको योगदान गरे। इङ्गल्यान्डका जेमी ओभरटनले ५ ओभरमा २७ र खर्चेर २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै ३०४ रन जोडेको हो।

इङ्गल्यान्डले राम्रो सुरुवात गरे पछिल्लोक्रम टिक्न सकेन। इङ्गल्यान्डका फिल साल्ट र बिन डकेटले पहिलो विकेटका लागि १०.५ ओभरमा ८१ रनको साझेदारी गरे। डकेटले ५७६ बलमा ६५ तथा साल्टले २९ बलमा २७ रनको योगदान गरे। इङ्गल्यान्डका जोए रुटले ६९ रन जोडे। लिभिङ लियाम स्टोनले ३२ बलमा ४१ रन जोडे।

भारतका रवीन्द्र जडेजाले १० ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ७ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै