स्टिल र अल्मुनियम आयातमा २५ प्रतिशत कर लाउने ट्रम्पको निर्णय « Khabarhub

स्टिल र अल्मुनियम आयातमा २५ प्रतिशत कर लाउने ट्रम्पको निर्णय


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सबै स्टिल तथा अल्मुनियममा २५ प्रतिशत कर लगाउने निर्णय गरेका छन्।

यो निर्णयले क्यानडामा धेरै असर गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रपति ट्रम्पले यसै साताको अन्त्यसम्ममा धेरै पारस्परिक करको निर्णय गर्ने बताउँदै आएका छन्। ट्रम्पले कर सम्बन्धी निर्णय कसलाई लक्षित गरेर गरेका हुन् भन्ने कुरा खुल्न सकेको छैन।

अमेरकाका लागि क्यानडा र मेक्सिको सबै भन्दा ठुला स्टिल व्यापारका साझेदार हुन्। यसैगरी, क्यानडाले अमेरिकामा सबैभन्दा धेरै अल्मुनियम पठाउने योजना बनाएको छ।

पहिलो कार्यकालमा ट्रम्पले क्यानडा, मेक्सिको तथा युरोपेली युनियनबाट आउने स्टिललाई २५ प्रतिशत तथा अल्मुनियमलाई १० प्रतिशत कर लगाएको थियो।

एक वर्षपछि सहमतिमा पुग्दै क्यानडा र मेक्सिकोबाट आउने सामानमा कर हटाइएको थियो। युरोपेली युनियनबाट आउने सामानमा भने सन् २०२१ सम्म कर यथावतै थियो।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ३४ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्