मानव बेचबिखन नियन्त्रणमा विशेष नीति अवलम्बन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य « Khabarhub

मानव बेचबिखन नियन्त्रणमा विशेष नीति अवलम्बन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोह सक्रिय रहेको बताएका छन्। 

उनले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै यो समस्याको समाधानका लागि दुई देशबीच विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए ।

सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन नियन्त्रण सम्बन्धी इन्डो–नेपाल क्षेत्रीय संवाद कार्यक्रमको लुम्बिनीमा आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा शिक्षा, चेतना र रोजगारीको अभावले पनि मानव बेचबिखनको समस्या देखिनु गम्भीर विषय भएको बताए। 

‘लुम्बिनी प्रदेशको भारतसँग लामो सिमाना मात्र होइन, गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ, त्यसैले कतिपय समस्या हामी छिमेकी मिलेर नै समाधान गर्न सक्छौँ, तर मानव बेचबिखन नियन्त्रण तथा सुरक्षित आप्रवासन सुनिश्चित गर्न राष्ट्रस्तरीय नीति आवश्यक पर्छ’, उनले भने, ‘दुवै देशले सिमानामा विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।’

प्रदेश सरकारले सुरक्षित आप्रवासनलाई प्रवर्द्धन गर्दै अवैध आप्रवासन तथा मानव बेचबिखन रोक्न विभिन्न कार्यक्रम अघि सारेको उनले बताए। सचेतना अभियान सञ्चालन, सीपमूलक तालिम, सुरक्षित रोजगारीको प्रवर्द्धन तथा सीमामा निगरानीलाई कडाइ गर्न प्रदेश सरकारले पहल गरिरहेको उनले बताए।

मुख्यमन्त्री आचार्यले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संयन्त्रलाई सशक्त बनाउन र मानव बेचविखनविरुद्ध दुवै देशले साझा रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए। 

बेस संस्थाका संस्थापक तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता भएको कार्यक्रममा नेपाल र भारतका नीति निर्माता, नागरिक समाज तथा सरोकारवालाको सहभागितामा सुरक्षित आप्रवासन र मानव बेचविखन रोकथामका रणनीति, लुम्बिनी प्रदेशमा आप्रवासन र मानव बेचविखन नियन्त्रणको रणनीति विकासका बारेमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १२ : ३१ बजे

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा