संसद्‍मा रामहरिको प्रस्ताव- पहाडका गाउँ उजाड भइसके, बाँदरलाई चीनतिर बेचेर आम्दानी गरौँ « Khabarhub

संसद्‍मा रामहरिको प्रस्ताव- पहाडका गाउँ उजाड भइसके, बाँदरलाई चीनतिर बेचेर आम्दानी गरौँ


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालमा बाँदरले आतंक मच्चाएको भन्दै समाधानको विकल्प खोज्न सरकारलाई आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको विषयमा बोल्ने क्रममा खतिवडाले यस्तो बताएका हुन् ।

दक्षिण एसियाको अर्को मुलुक श्रीलंकाले देशकै लागि समस्या बनेका बाँदर चीनलाई बेचेको प्रसंग पनि उनले उल्लेख गरेका छन् ।

‘अब हामीले बाँदरहरू चीनतिर बेचौँ । श्रीलंकाले बाँदर चीनलाई बेचेर गतिलो आम्दानी गरेको छ। राजस्व पनि लिने, हानीकारक जन्तु पनि बेच्ने त्यो रणनीति हामीले पनि अपनाऊँ’, उनले भने, ‘बाँदरले देशभर ठूलै आतंक मच्चाए । देशभर बाँदरको समस्या छ । बाँदरलाई हानीकारक जन्तु घोषित भइसकेकाले अब हामीले पनि श्रीलंकाले झैँ बेचौँ ।’

खतिवडाले बाँदरका कारण पहाडी बस्तीहरू उजाड हुँदै गएको पनि बताएका छन् । ‘पहाडमा त बाँदरले मान्छेलाई बस्न दिएन, पहाडी गाउँहरू रित्तिकएका छन्’, उनले भने, ‘तराईका गाउँहरूमा हात्तीको आतंक छ । जंगली जनावरका कारण गाउँ बस्ती आतंकित छन् । त्यसैले बाँदरलाई बेचेर आम्दानी गर्ने उपाय सरकारले खोज्नुपर्‍यो ।’

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  २ : ५२ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको