माउतेले नै हात्ती नियन्त्रणमा लिन नसक्दा मच्चियो भागदौड, १८ जना घाइते « Khabarhub

माउतेले नै हात्ती नियन्त्रणमा लिन नसक्दा मच्चियो भागदौड, १८ जना घाइते


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकामा धार्मिक समारोहमा प्रयोग गरिएको एउटा हात्ती अनियन्त्रित भएपछि भागदौड मच्चिँदा १८ जना घाइते भएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बो नजिकैको कोट्टे शहरमा आयोजित एक बौद्ध धार्मिक समारोहमा सहभागी गराइएको हात्ती एक्कासी अनियन्त्रित भएपछि भागदौड मच्चिएको थियो ।

हात्ती नियन्त्रिण बाहिर गएपछि हात्तिमाथि बसेका माउते खसेका थिए । उनी हात्तीको कुल्चाईबाट भने जोगिएको बताइएको छ । स्थानीय अस्पतालले यस घटनामा १८ जना घाइते भएको र १६ जनालाई डिस्चार्ज गरिएको जनाएको छ ।

श्रीलंकामा हात्तीलाई निकै सुन्दर बनाएर यस्ता धार्मिक समारोहमा प्रयोग गरिँदै आइएको छ । त्यहाँ धनाढ्य परिवारले आफ्नो समृद्धि झल्काउनका लागि हात्ती पाल्दै आएका छन् भने केही बौद्ध गुम्बाहरुले पनि धार्मिक समारोहका लागि हात्ती पाल्दै आएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : ५१ बजे

प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको विरोध, राष्ट्रियसभा २६ गतेसम्म स्थगित

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै

रुसको भीषण हवाई आक्रमणमा २२ जनाको मृत्यु, १३८ घाइते

किएभ – रुसले रातभर युक्रेनका विभिन्न सहरमा गरेको व्यापक हवाई आक्रमणमा

संविधानसँग सम्बन्धित सम्झौताको अध्ययनमा कार्यदल

काठमाडौं– संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन र मिसाइल हमला, कयौँ मानिस घाइते

तेहरान- अमेरिकासँग तनाव बढ्दै जाँदा इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

झापा– कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा