'अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जिम्मेवार बन्नुपर्छ' | Khabarhub Khabarhub

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जिम्मेवार बन्नुपर्छ’


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जिम्मेवार बन्नुपर्ने बताएका छन् । दुःख दिने नियतले हालिएका उजुरीबारे अख्तियार सचेत हुनुपर्ने उनले बताए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतद्वारा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले विकास निर्माण गर्दा आफूले पाए ठिक र अरूले पाए बेठीक भन्दै उजुरी दिने चलनको अन्त्य हुनुपर्ने बताए । विकास निर्माणका काममा सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड थियो । 

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले अख्तियारको भूमिका बदल्नुपर्ने बताए। अख्तियारले गरेका काम अदालतबाट उल्टिएका उल्लेख गर्दै उनले यी विषयमा छलफल हुनुपर्ने बताए। 

‘समाजमा डरको आभास भएन त्यो समाज छाडा हुन्छ’, प्रदेश प्रमुख जोशीले भने। राज्यका नियमनकारी निकाय बलिया हुनुपर्नेमा उनको जोड थियो ।  

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : २३ बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ