पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात « Khabarhub

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । 

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । छ महिनामा सबैभन्दा धेरै चिया छ अर्ब ८२ करोड, अलैँची चार अर्ब २२ करोड ६० लाख, प्लाइ तथा भेनियर रु एक अर्ब ९१ करोड १३ लाख मूल्य बराबरको निर्यात भएको उनले बताए। 

यस्तै, अदुवा २६ करोड १३ लाख, अम्लिसो ४९ करोड ७४ लाख, बन्दा आठ करोड १७ लाख, जडीबुटी दुई करोड ६३ लाख मसुरो दाल एक रोड ५५ लाख मूल्यको निर्यात भएको छ ।  सूचना अधिकारी ठाकुरले सोही अवधिमा पूर्वी नाकाबाट एक अर्ब ९६ करोड ६७ लाख ५० हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको जानकारी दिए । 

आयात हुने मुख्य वस्तुमा कोदो, गेँडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्यांकअनुसार कोदो १० करोड ९५ लाख ६८ हजार, चामल रु तीन करोड तीन लाख, ताजा तरकारी १८ करोड २३ लाख मूल्य बराबरको आयात भएको छ । 

यसैगरी ताजा फलफूल २० करोड १८ लाख, लसुन ६१ करोड ७५ लाख, आलु २१ करोड ७४ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ५१ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर