प्रचण्ड भन्छन्- माधवजी र विप्लवजीसँग पार्टी एकताको कुरा चलेको छ  « Khabarhub

प्रचण्ड भन्छन्- माधवजी र विप्लवजीसँग पार्टी एकताको कुरा चलेको छ 


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ बीचमा पार्टी एकताका कुरा भइरहेको बताएका छन् ।

प्रेस सेन्टर कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको बताएका हुन् । 

पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको प्रचण्डले बताए । 

‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो,’ उनले भने,‘समाजवादी मोर्चाका विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ ।’

उनले अहिलेको सरकार भ्रष्टहरूको सरकार भएको आरोप लगाए । 

‘अहिलेको सरकारले देश जनताका पक्षमा काम गरेको छैन,’ उनले भने,‘सरकारले अहिले भ्रष्टहरूलाई बचाउने काम गरिरहेको छ ।’

सरकारले अध्यादेश ल्याएर सदनको अबमूल्याङ्न गरेको उनले बताए । ‘अहिले अध्यादेशका विधेयक राष्ट्रियसभामा गएर अड्किएका छन्,’ उनले भने,‘सरकारले धेरै अंहकार नगरे हुन्छ ।’

अहिले आर्थिक रूपमा देश पछाडि धकेल्ने काम भएको सरकारले विकास बजेट कटौती गर्न लागेको उनले बताए।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १२ : ४५ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको