सौराहामा आजदेखि खाना उत्सव सुरु « Khabarhub

सौराहामा आजदेखि खाना उत्सव सुरु


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रणय दिवसको अवसरमा सौराहामा आजदेखि खाना उत्सव (फूड फेस्टिभल) सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवन (रेवान)को आयोजनामा हरेक वर्ष गरिँदै आएको खाना उत्सवको यो १९औँ संस्करण हो ।

चितवनको पर्यटन विकासका लागि उत्सव आयोजना गरिएको रेबान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उक्त उत्सवमा प्रवेश टिकटबाट प्राप्त आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गरिने आयोजकले जनाएको छ ।

उत्सवका कारण सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । आयोजक समितिका संयोजक शम्भुप्रसाद मालीले फागुन ३ गतेसम्म चल्ने खाना उत्सवमा बहुल जातजतिहरूको झाँकीका साथै सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुती रहने बताए ।

कलाकारको साङ्गीतिक प्रस्तुती, खाना प्रदर्शनी तथा प्रतियोगिता, ‘वेटर’ र ‘वेटरेस’बीच प्रतियोगिता, डोरी तान प्रतियोगिता, प्रथम रेबान कप महिला फुटबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता हुने जनाइएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १२ : २३ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर