पत्रकार सिंहमाथि आक्रमण, संलग्नलाई कारबाहीको माग « Khabarhub

पत्रकार सिंहमाथि आक्रमण, संलग्नलाई कारबाहीको माग


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले बझाङ शाखाको दोस्रो कार्यकालका लागि अध्यक्ष रहेका पत्रकार ललितबहादुर सिंहमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेको छ । 

महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर पत्रकार सिंहमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेका हुन् ।  

‘जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको छ,’ महासंघले भनेको छ, ‘पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीका लागि महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’ 

घाइते पत्रकार सिंहले सोमबार राति १० बजेको समयमा जिल्ला सदरमुकाम चैनपुरको देवीस्थान होटेलमा खाना खाएर कोठामा फर्कने क्रममा आफूलाई मस्टा गाउँपालिका–४ का विनोद कठायतलगायतको समूहले आक्रमण गरेको बताएका छन् । आक्रमणका क्रममा प्रहार गरिएको चक्कु लागेर पत्रकार सिंहको निधारमा तीन टाँका लगाइएको छ ।

यसैबीच नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिले पनि विज्ञप्ति जारी गरेर सिंहमाथि गरिएको आक्रमणमा संलग्न माथि कारबाही गर्न माग गरेको छ ।

महासचिव हरिश भट्टद्वारा जारी विज्ञिप्तमा भनिएको छ, ‘सामुहिक सांघातिक आक्रमणमा संलग्न दोषीहरूमाथि यथाशीघ्र छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसंग प्रेस युनियन जोडदार माग गर्दछ ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १२ : ५० बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)