म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण « Khabarhub

म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

    

गलेश्वर– म्याग्दीमा सञ्चालित गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोग र विभिन्न निकायको आर्थिक लगानीमा जिल्लामा १३९ झोलुङ्गे पुल निर्माण गरिएका छन् ।

मिलन म्याग्दीको बेनीमा सम्पन्न २६औँ स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष दिलमाया बिटालुले उक्त जानकारी दिएका हुन् । उनका अनुसार जिल्ला सदरमुकाम नजिकका गाउँबस्तीका खोला तथा नदीदेखि दुर्गम क्षेत्रमा जान सजिलो बनाउन झोलुङ्गे पुल निर्माण गरिएको हो ।

जिल्लाको दुर्गम मानिएको धवलागिरि गाउँपालिकादेखि लिएर रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका दुर्गम तथा विकट बस्तीलाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएपछि स्थानीयको घण्टौँ लगाएर यात्रा गर्नुपर्ने बाध्यता हटेको तथा यात्रा अवधि छोटिएको उनले बताए ।

‘झोलुङ्गे पुलबाट समुदायलाई जोड्ने प्रयासमा हामी पनि वर्षौंदेखि आबद्ध छौँ, समुदायमा आधारित कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ’, उनले भने ।

 यसै क्रममा हालै मात्र जिल्लाको धवलागिरि–७ धारापानी र मालिका गाउँपालिका–७ खारा जोड्ने उक्त पुल निर्माण भएपछि २७४ घरधुरीका व्यक्ति लाभान्वित भएका छन् । पुल बनेपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ ।

झोलुङ्गे पुल निर्माण भएपछि विभिन्न बस्तीका बासिन्दालाई सहजै पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा मिलन म्याग्दीमार्फत बेनी नगरपालिकामा दुई, मङ्गला गाउँपालिकामा एक, रघुगङ्गा गाउँपालिकामा एक र धवलागिरि गाउँपालिकामा एक झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेका उनले जानकारी दिए।

पुल निर्माण भएपछि स्थानीयको यात्रा छोटिएको र कृषिसहित अन्य घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामान ढुवानीमा सहजता भएको बिटालुको भनाइ छ । अहिलेसम्म सरकारले गण्डकी प्रदेशमा दुई हजार २६४ झोलुङ्गे पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । 

विभागका महानिर्देशक भरतप्रसाद अर्यालका अनुसार १२० मिटरभन्दा लामा झोलुङ्गे पुल सङ्घीय सरकारले र सोभन्दा कम दुरीका झोलुङ्गे पुल प्रदेश तथा स्थानीय तहले बनाउँदै आएका छन् । तीनवटै तहले पुल निर्माण गरेकाले सरकारले धेरै सङ्ख्यामा पुल निर्माण गर्न सकेको हो । झोलुङ्गे पुल निर्माणका लागि लट्ठाबाहेक सबै सामग्री नेपालमै पाइने भएकाले पनि पुल निर्माणमा थप सहजता भएको महानिर्देशक अर्यालको भनाइ छ ।

पन्ध्रौँ पञ्चवर्षीय योजनामा पनि कम्तीमा आधा घण्टा पैदल हिँडेर पुगिने दूरीमा झोलुङ्गे पुल बनाउनुपर्ने उल्लेख छ । सोही लक्ष्यअनुसार सरकारले पहाडी जिल्लामा तर्नलाई सहज बनाउनका लागि झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिएको हो । 

‘पहिला झोलुङ्गे पुल नदी तर्नका लागि मात्र हुन्थ्यो’, उनले भने,’अहिले नदी तर्नाका साथै आवतजावतमा दूरी घटाउने तथा पर्यटकीय दृष्टिकोणले पनि झोलुङ्गे पुल निर्माणको माग हुँदै आएको छ ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : ०२ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको