म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण « Khabarhub

म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

    

गलेश्वर– म्याग्दीमा सञ्चालित गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोग र विभिन्न निकायको आर्थिक लगानीमा जिल्लामा १३९ झोलुङ्गे पुल निर्माण गरिएका छन् ।

मिलन म्याग्दीको बेनीमा सम्पन्न २६औँ स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष दिलमाया बिटालुले उक्त जानकारी दिएका हुन् । उनका अनुसार जिल्ला सदरमुकाम नजिकका गाउँबस्तीका खोला तथा नदीदेखि दुर्गम क्षेत्रमा जान सजिलो बनाउन झोलुङ्गे पुल निर्माण गरिएको हो ।

जिल्लाको दुर्गम मानिएको धवलागिरि गाउँपालिकादेखि लिएर रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका दुर्गम तथा विकट बस्तीलाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएपछि स्थानीयको घण्टौँ लगाएर यात्रा गर्नुपर्ने बाध्यता हटेको तथा यात्रा अवधि छोटिएको उनले बताए ।

‘झोलुङ्गे पुलबाट समुदायलाई जोड्ने प्रयासमा हामी पनि वर्षौंदेखि आबद्ध छौँ, समुदायमा आधारित कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ’, उनले भने ।

 यसै क्रममा हालै मात्र जिल्लाको धवलागिरि–७ धारापानी र मालिका गाउँपालिका–७ खारा जोड्ने उक्त पुल निर्माण भएपछि २७४ घरधुरीका व्यक्ति लाभान्वित भएका छन् । पुल बनेपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ ।

झोलुङ्गे पुल निर्माण भएपछि विभिन्न बस्तीका बासिन्दालाई सहजै पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा मिलन म्याग्दीमार्फत बेनी नगरपालिकामा दुई, मङ्गला गाउँपालिकामा एक, रघुगङ्गा गाउँपालिकामा एक र धवलागिरि गाउँपालिकामा एक झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेका उनले जानकारी दिए।

पुल निर्माण भएपछि स्थानीयको यात्रा छोटिएको र कृषिसहित अन्य घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामान ढुवानीमा सहजता भएको बिटालुको भनाइ छ । अहिलेसम्म सरकारले गण्डकी प्रदेशमा दुई हजार २६४ झोलुङ्गे पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । 

विभागका महानिर्देशक भरतप्रसाद अर्यालका अनुसार १२० मिटरभन्दा लामा झोलुङ्गे पुल सङ्घीय सरकारले र सोभन्दा कम दुरीका झोलुङ्गे पुल प्रदेश तथा स्थानीय तहले बनाउँदै आएका छन् । तीनवटै तहले पुल निर्माण गरेकाले सरकारले धेरै सङ्ख्यामा पुल निर्माण गर्न सकेको हो । झोलुङ्गे पुल निर्माणका लागि लट्ठाबाहेक सबै सामग्री नेपालमै पाइने भएकाले पनि पुल निर्माणमा थप सहजता भएको महानिर्देशक अर्यालको भनाइ छ ।

पन्ध्रौँ पञ्चवर्षीय योजनामा पनि कम्तीमा आधा घण्टा पैदल हिँडेर पुगिने दूरीमा झोलुङ्गे पुल बनाउनुपर्ने उल्लेख छ । सोही लक्ष्यअनुसार सरकारले पहाडी जिल्लामा तर्नलाई सहज बनाउनका लागि झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिएको हो । 

‘पहिला झोलुङ्गे पुल नदी तर्नका लागि मात्र हुन्थ्यो’, उनले भने,’अहिले नदी तर्नाका साथै आवतजावतमा दूरी घटाउने तथा पर्यटकीय दृष्टिकोणले पनि झोलुङ्गे पुल निर्माणको माग हुँदै आएको छ ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : ०२ बजे

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज