सरकारलाई ज्ञानेन्द्र शाहीको चेतावनी- कसैको बालहठमा देश चल्दैन « Khabarhub

सरकारलाई ज्ञानेन्द्र शाहीको चेतावनी- कसैको बालहठमा देश चल्दैन


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले देश कसैको बालहठमा नचल्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले देश विधिको शासनबाट चल्ने बताए । 

‘यो देश विधिको शासनले चल्छ, कसैको बालहठले चल्दैन । राष्ट्रसेवक प्रहरी यो संसदमा मर्यादापालकका रूपमा हुनुहुन्छ,’ प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमालेनिकट विद्यार्थी नेतालाई उन्मुक्ति दिएको प्रति आपत्ति जनाउँदै शाहीले भने, ‘आज मन्त्रीले सुन्नुपर्ने कुरा हो । आज यो देशमा ७९ हजार पाँच सय ४१ जना प्रहरी छन् । आज ती प्रहरीको शिर निहुराउने काम यो सरकारले गरेको छ ।’ 

सांसद शाहीले प्रहरी कर्मचारीमाथि कुटपिट गर्ने एमालेनिकट विद्यार्थीहरू माथि कारबाही हुनुपर्ने पनि बताए । ‘के नेपाल प्रहरीको बर्दी लगाएका मान्छेलाई जाँड खाएर बाटोबाटोमा कुट्दै गर्ने ओली सरकारले छुट दिएको हो ? यदि हो भने पछि तपाईंहरू एउटा संविधान बनाउनुस्,’ उनले भने, ‘यस्तो गर्न पाइन्छ ? विधिको शासन छैन ? आज गरिबका छोराछोरीले खाने जागिर बनेको छ नेपाल प्रहरी । आज सर्वहाराको छोराछोरीले खाने बनेको छ । उनीहरूमाथि कुटपिट गर्न पाइन्छ ? तत्काल कारबाही गरियोस् ।’

एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई सरकारले उन्मुक्ति, दिएको भन्दै सांसद शाहीले आपत्ति जनाए । 

‘१४ वर्षीया बालिकालाई घरेलु मजदुरका रूपमा ६ वर्षसम्म बन्धक बनाइ शारीरिक यातना दिएर एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा सत्ताको निगाहमा उन्मुक्ति पाउनुहुन्छ,’ उनले भने, ‘म अनुरोध गर्न चाहन्छु । अब दुई वटा कानुन बनाउनुस् । एउटा ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुल्लम् खुल्ला हिँड्न पाउँछ । एउटा नेपालको कानुन बनाऔँ– जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ । बोलेकै आधारमा कुट्न पाइन्छ ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : ३४ बजे

प्रतिपक्षीले सदनमा खोजिरहन्छन्, तर प्रधानमन्त्री टेर्दैनन्

काठमाडौं- गत जेठ १७ गते अचानक संसद्‍को रोस्ट्रममा उभिएर प्रधानमन्त्री

दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् विस्तार कार्य तीव्रता बनाउन सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत्

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

किमाना– केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको