माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा « Khabarhub

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्माले आफ्नो पार्टीलाई सरकारमा जाने हतार नरहेको बताएका छन् ।

माओवादी केन्द्र बागलुङ–पोखरा सम्पर्क समन्वय समिति आज पोखरामा आज आयोजित प्रथम अधिवेशन उद्घाटन गर्दै उनले पार्टीले सरकारमा नजाने र पुनः एक पटक जनतामा फर्किने सङ्कल्प गरेको बताएका हुन् ।

“माओवादीको प्राथमिकता अहिले सरकार होइन, हामी जनतामा फर्किएका छौँ, पार्टी पुनःनिर्माण गरेर जनताको विश्वास जितेर मात्र सरकारमा जान्छौँँ ।” सचिव शर्माले भने ।

पार्टीको गत पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीभित्र मजबुद एकता कायम गरेर अभियानमा लाग्ने निर्णय गरेको भन्दै उनले आगामी चुनावमा श्रेष्ठता कायम गर्ने गरी अगाडि बढ्न आग्रह गरे।

नेता शर्माले पार्टीले हरेक नेता कार्यकर्तालाई जनतासँग जोड्ने कार्यक्रमका लागि सबै केन्द्रीय सदस्यलाई पालिकामा र प्रदेश सदस्यलाई वडामा जिम्मेवारी दिएर पठाउने योजना बनाएको समेत जानकारी दिए ।

पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, केन्द्रीय सदस्य कृष्ण केसी, बागलुङका इन्चार्ज चन्द्रबहादुर बुढा, कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारी, माओवादी बागलुङ संयोजक राजीव घिमिरे लगायत सम्बोधन गरेका थिए । समितिको प्रथम अधिवेशनले कुलचन्द्र शर्माको अध्यक्षतामा ४१ सदस्यीय समिति निर्वाचित गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ९ : ३० बजे

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक