भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी « Khabarhub

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पेरिस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन र दिगो एआई काउन्सिल स्थापना गर्ने निर्णयको स्वागत गरेका छन् ।

प्रधानमन्त्री मोदीले भने,“म एआई फाउन्डेसन र काउन्सिल फर सस्टेनेबल एआई स्थापना गर्ने निर्णयको स्वागत गर्दछु । म फ्रान्स र मेरा प्रिय मित्र राष्ट्रपति म्याक्रोनलाई यी पहलका लागि बधाई दिन्छु र हाम्रो पूर्ण समर्थनको आश्वासन दिन्छु ।”

पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सह–अध्यक्षता गरेको एआई एक्सन शिखर सम्मेलनमा आफ्नो समापन सम्बोधनमा प्रधानमन्त्री मोदीले भने,“आजको छलफलले एउटा कुरा बाहिर ल्याएको छ । सरोकारवालाहरूका उद्देश्यमा एकता छ ।”

“अर्को शिखर सम्मेलनको आयोजना गर्न भारत खुसी हुनेछ,” प्रधानमन्त्री मोदीले उल्लेख गरे ।

“शिखर सम्मेलन एआई वरिपरि अर्थपूर्ण वार्तालापहरूलाई बढावा दिनको लागि सराहनीय प्रयास थियो । पेरिसमा एआई एक्सन शिखर सम्मेलनमा विश्व नेता, नीति निर्माता, विचारक, आविष्कारक र युवाहरूलाई एआई वरिपरि अर्थपूर्ण कुराकानी गर्न एकसाथ ल्याउने प्रशंसनीय प्रयास हो ।”

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १० : ४९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका