हमासले बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायलको चेतावनी « Khabarhub

हमासले बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायलको चेतावनी


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप लगाएपछि नेतन्याहुले यस्तो चेतावनी दिएका हुन्।

नेतन्याहुको प्रतिक्रियापछि हमासले भने आफू युद्ध विरामका लागि तयार भएको तथा कुनै ढिलाइ तथा जटिलता आए यसमा इजरायल नै जिम्मेवार हुने बताएको छ।

यस साता ढिलाइ हुनुको पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइसँग सम्बन्धित रहेको जनाइएको छ। राष्ट्रपति ट्रम्पले शनिबार सबै बन्दी रिहा गर्नुपर्नेमा जोड दिएका थिए।

मंगलबार चार घण्टा लामो समयसम्म भएको इजरायलको क्याबिनेट बैठकमा नेतन्याहुले आफू डोनाल्ड ट्रम्पले राखेका प्रस्तावको समर्थक रहेको बताएका थिए। उनले शनिबार मध्यान्ह १२ बजेको समय राखेर हमासलाई चेतावनी दिएका छन्।

प्रधानमन्त्री नेतन्याहुले तत्कालै युद्ध छेड्नका लागि आइडिएफलाई निर्देशन नै दिइसकेको बताएका छन्।

इजरायली सञ्चार माध्यम हार्टेजका अनुसार निर्धारित तीन बन्दी शनिबार रिहा गरे युद्ध विरामलाई निरन्तरता दिने पक्षमा नै इजरायल छ।

ट्रम्पको भनाइ पछि हमासले यसमा आपत्ति जनाइ सकेको छ। हमासले डोनाल्ड ट्रम्पले गाजाबाट प्यालेस्टाइनीलाई अन्यत्र विस्थापित गर्ने योजनामा पूर्ण रूपमा असहमति जनाएको छ। हमासले आफ्ना नागरिकको राष्ट्रिय हक छिन्दै आदिवासी उन्मुलन गर्ने ट्रम्पको नीति भएको आरोप लगाएको हो।

हमासले ट्रम्पको नीति तानाशाही भएको आरोप लगाएको छ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ७ : १० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा