शैक्षिक क्षेत्रमा अवसरको अधिकतम उपयोग गर्नुपर्‍यो : प्रकाशमान सिंह | Khabarhub Khabarhub

शैक्षिक क्षेत्रमा अवसरको अधिकतम उपयोग गर्नुपर्‍यो : प्रकाशमान सिंह


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन् ।  

नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकका शैक्षिक प्रतिष्ठानबाट गुणस्तरीय सेवा प्रवाह भएकाले स्वदेशमा नै उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन्  । 

अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न विषयमा अध्ययन गर्ने अवसर धेरै रहेको उनले बताए  । पहिलेको तुलनामा अहिले मुलुकको शिक्षा क्षेत्रमा निकै सुधार भएको उनले बताए । 

विसं २०७२ को भूकम्पबाट क्षति भएको पुस्तकालय नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइका विद्यार्थीले पुनर्निर्माण गरी बुधबार नै क्याम्पसलाई हस्तान्तरण गरेका थिए । 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ३ : ५७ बजे

आज अन्तर्राष्ट्रिय नेल्सन मन्डेला दिवस

काठमाडौं – राष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र

राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा ज्ञापन

मध्यरातसम्म बसेको एमाले सचिवालय बैठकले यस्ता निर्णय गर्‍यो

काठमाडौं – नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा

बामदेव गौतमको अभियान एकीकृत समाजवादीमा समाहित हुँदै

काठमाडौं– बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत

युरो कप : पाँच पेनाल्टी प्रहार खेर गएपछि इंग्ल्यान्डसँग स्विडेन पराजित

काठमाडौं – स्विडेनलाई पेनाल्टी सुट आउटमा ३-२ ले हराउँदै इंग्ल्यान्ड