बागमती प्रदेशको वन ऐन संशोधन गरिने « Khabarhub

बागमती प्रदेशको वन ऐन संशोधन गरिने


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमलामाई– बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले प्रदेश र सङ्घको वन ऐन बाझिएकाले संशोधन गरिने बताएका छन्।

यहाँको रानीवासस्थित सव डिभिजन वन कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले वनको संरक्षण गरी त्यसको उपयोग गर्न प्रदेश सरकारले काम गरिरहेको बताए । 

प्रदेशसभा सदस्य मात्रिकाप्रसाद भट्टराईले कुनै पनि ऐन, कानुन बनेर मात्रै नहुने धारणा राखे । त्यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उनको जोड थियो । हरियो वन नेपालको धन भएकाले यसको संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण हुने अर्का प्रदेशसभा सदस्य सुष्पा भुजेलले बताए । 

जिल्लाका स्थानीय तहका प्रमुहखहरुले स्थानीय वन ऐन निर्माण हुन नसक्दा स्थानीय सरकारलाई काम गर्न समस्या भएको बताएका थिए । उक्त सब डिभिजनको भवन एक करोड ७९ लाख ६९ हजार आठ सय ७४ मा सम्पन्न भएको हो । 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ५३ बजे

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या