स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय | Khabarhub Khabarhub

स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रस्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई जोडेर केही अनलाइन मिडियामा अनावश्यक रूपमा जोडिएको जारी प्रेस विज्ञप्तिमा छ ।

प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा खरिद गर्ने कार्यमा सम्बन्धित विभागीय प्रमुखकै जिम्मेवारी रहने सार्वजनिक खरिद ऐनको व्यवस्था उल्लेख गर्दै कानूनको पालना नभएको अवस्थामा सम्बन्धित कर्मचारीहरू नै जिम्मेवार रहने कुरा बेवास्ता गरी मन्त्री तथा पदाधिकारीलाई निराधार आरोपमा निहित स्वार्थपूर्तिका लागि निरन्तर समाचार प्रकाशन हुनु पत्रकारिताको सिद्धान्त, मर्म र भावना विपरीत रहेको छ । 

विज्ञप्तिमा केही समययता मन्त्रालयले थालेका सुधारका कामलाई ओझेलमा पार्ने र आम जनमानसमा भ्रम पैदा गर्ने काम भएको ठहर गरिएको छ ।

विज्ञप्तिमा पत्रकारिताको सिद्धान्तअनुसार वास्तविकता, सन्तुलन र विश्वसनीयताका आधारमा तथ्य र प्रमाणसहित पत्रकारिता गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गर्दै गैरजिम्मेवारपूर्ण समाचारमा विश्वास नगर्न विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरिएको छ ।

यसैबीच, स्वास्थ्य सेवा विभागलेसमेत एक विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिदको प्रक्रिया नै पूरा भई नसकेको अवस्थामा यसलाई प्रभावित पार्ने गरी गलत समाचार प्रकाशन भएको भन्दै नियमानुसार नै प्रक्रिया अघि बढिरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ११ बजे

आज अन्तर्राष्ट्रिय नेल्सन मन्डेला दिवस

काठमाडौं – राष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र

राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा ज्ञापन

मध्यरातसम्म बसेको एमाले सचिवालय बैठकले यस्ता निर्णय गर्‍यो

काठमाडौं – नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा

बामदेव गौतमको अभियान एकीकृत समाजवादीमा समाहित हुँदै

काठमाडौं– बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत

युरो कप : पाँच पेनाल्टी प्रहार खेर गएपछि इंग्ल्यान्डसँग स्विडेन पराजित

काठमाडौं – स्विडेनलाई पेनाल्टी सुट आउटमा ३-२ ले हराउँदै इंग्ल्यान्ड