म्याग्देमा हल गोरु पाल्ने कृषकलाई गाउँपालिकाको अनुदान « Khabarhub

म्याग्देमा हल गोरु पाल्ने कृषकलाई गाउँपालिकाको अनुदान


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दमौली– यहाँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झैँ यस वर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था गरेको छ । 

चालु आवका लागि हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गर्न १० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए  ।
 
गोरु पाल्ने क्रम घट्दा बाँझो जग्गा बढेपछि कृषकलाई प्रोत्साहनका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको अधिकारीको भनाइ छ । 

हलगोरु पाल्ने किसानलाई प्रति हल बढीमा चार हजार रुपैयाँसम्म अनुदान दिइने छ । अनुदान लिन कम्तीमा तीन वर्ष हल गोरु पाल्ने र आफैँ खेत जोत्ने प्रतिबद्धता पत्र, निवेदक र हल गोरुको फोटोसहित निवेदन दिनुपर्ने प्रावधान छ । 

भिमाद नगरपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको छ । 

कृषकलाई कृषि सामग्री वितरणका लागि अनुदान दिइने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जानकारी दिए । सबै कार्यक्रममा ५० प्रतिशतका दरले अनुदान उपलब्ध गराइने उनको भनाइ छ । 

टनेल खरिद तथा वितरणका लागि एक लाख रुपैयाँ, तरकारी टनेल निर्माणका लागि दुई लाख ५० हजार रुपैयाँ, टनेल तथा नेट वितरणका लागि तीन लाख ५० हजार रुपैयाँ र टनेल प्लास्टिक निर्माणका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ५८ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।