अदालतबाट दोषी ठहर भए पनि फरार रहेका १५३ जना पक्राउ « Khabarhub

अदालतबाट दोषी ठहर भए पनि फरार रहेका १५३ जना पक्राउ


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्की प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका १५३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १२५ जना पुरुष र २८ जना महिला रहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले माघ १ गतेदेखि ३० गतेसम्मको अवधिमा पक्राउ गरेको हो।

पक्राउ परेकाहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र १ करोड ५२ लाख ४८ हजार ८ सय ८६ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ। उनीहरुलाई फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको छ।

पक्राउ पर्नेहरुमा चेक अनादर मुद्दामा ९६ जना, लागुऔषध मुद्दामा १४ जना, बैंकिङ कसुरमा १८ जना, अभद्र व्यवहारमा ५ जना, न्यूनस्तरको खाद्य उत्पादन बिक्री गरेकोमा २ जना, स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी मुद्दामा २ जना, सवारी ज्यान मुद्दामा १ जना, कुटपिट मुद्दामा १ जना, जालसाजी मुद्दामा ४ जना, लेनदेन मुद्दामा १ जना र चोरी मुद्दामा ९ जना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षाक अविनाशदिप जिसीले जानकारी दिए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १० : ०४ बजे

सातजना जुवाडे पक्राउ

ललितपुर– गोदावरी नगरपालिका-१ दमाईटार बस्ने बिदुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही

प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित

किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

गण्डकी– पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा

कांग्रेस देउवा समूहको बैठक: निर्वाचन समीक्षादेखि महाधिवेशनको तयारीसम्म तीन एजेन्डा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा) समूहले मंगलबारदेखि

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

खलङ्गा– ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना