१० खेलाडीमा सीमित मोनाकोमाथि बेनफिकाको जित | Khabarhub Khabarhub

१० खेलाडीमा सीमित मोनाकोमाथि बेनफिकाको जित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोनाकोमाथि १-० को अवे जित दर्ता गर्दै बेनफिकाले युरोपेली च्याम्पियन्स लिग फुटबलको दोस्रो चरण प्रवेशको प्ले अफमा बलियो पकड बनाएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औँ मिनेटमा भेनेडियस पाब्लीडियासको गोलमा भ्रमणकारी टोलीले अग्रता लिएको थियो। त्यही अग्रता निर्णायक बन्दा बेनफिकाले १-० को जित दर्ता गरेको हो । खेलको ५२ औं मिनेटमा नै मोनाको १० खेलाडीमा सीमित भएपछि कमब्याक गर्न सकेको थिएन।

डेब्यु खेलमा दोहोरो पहेँलो कार्ड पाएका मोयताम अल मसरातीले ५२ औं मिनेटमै मैदान छोड्नु परेको थियो। उनले पहिलो खेलमै दोस्रो पहेँलो कार्ड स्वरूप रातो कार्ड पाएका हुन्।

दोस्रो लेग आउँदो मंगलबार लिस्बनमा हुनेछ। सो खेलमा चोट बोकेका एन्जल डी मारियाको अभाव भने बेनफिकाले महसुस गर्ने छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ०७ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित