१० खेलाडीमा सीमित मोनाकोमाथि बेनफिकाको जित « Khabarhub

१० खेलाडीमा सीमित मोनाकोमाथि बेनफिकाको जित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोनाकोमाथि १-० को अवे जित दर्ता गर्दै बेनफिकाले युरोपेली च्याम्पियन्स लिग फुटबलको दोस्रो चरण प्रवेशको प्ले अफमा बलियो पकड बनाएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औँ मिनेटमा भेनेडियस पाब्लीडियासको गोलमा भ्रमणकारी टोलीले अग्रता लिएको थियो। त्यही अग्रता निर्णायक बन्दा बेनफिकाले १-० को जित दर्ता गरेको हो । खेलको ५२ औं मिनेटमा नै मोनाको १० खेलाडीमा सीमित भएपछि कमब्याक गर्न सकेको थिएन।

डेब्यु खेलमा दोहोरो पहेँलो कार्ड पाएका मोयताम अल मसरातीले ५२ औं मिनेटमै मैदान छोड्नु परेको थियो। उनले पहिलो खेलमै दोस्रो पहेँलो कार्ड स्वरूप रातो कार्ड पाएका हुन्।

दोस्रो लेग आउँदो मंगलबार लिस्बनमा हुनेछ। सो खेलमा चोट बोकेका एन्जल डी मारियाको अभाव भने बेनफिकाले महसुस गर्ने छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ०७ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा