यी चार राशि भएका युवतीमा हुन्छ पुरुषलाई आकर्षण गर्ने क्षमता « Khabarhub

यी चार राशि भएका युवतीमा हुन्छ पुरुषलाई आकर्षण गर्ने क्षमता


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक ब्यक्ति आफ्नो गुणबाट अरुलाई आर्कषित गर्न चाहान्छ । आफ्नो गुणले आर्कषित गर्न नसक्नेहरु पनि आफूमा भएको क्षमताले अरुलाई आर्कषित गर्न चाहान्छन् ।

ज्योतिषशास्त्र अनुसार केही राशीका युवतिहरुमा अरुलाई आर्कषित गर्न कुनै गुण वा क्षमता आवश्यक पर्दैन । यी राशिका युवतीमा कुनै गुण, क्षमता वा सुन्दरता बिना नै सहजै अरुलाई आर्कषित गर्न सक्ने शक्ति हुन्छ । यी निम्न राशिका युवतीले अरुलाई सहजै आकर्षित गर्न सक्छन्-

१. मिथुन राशी

मिथुन राशि भएका युवतीहरुमा अन्य राशिका ब्यक्ति भन्दा तुलनात्मक रुपमा पुरुषलाई आर्कषित गर्न सबैभन्दा शक्तिशाली मानिन्छन् । यी राशिका युवतीको तुलना अप्सरासंग हुने गर्दछ । अप्सरा राग भएका ब्यक्तिले जोकोहीलाई सहजै आफूतिर आकर्षित गर्न सक्छन् । सुन्दरता नभएको अवस्थामा पनि पुरुषलाई आफूतिर आकर्षित गर्न मिथुन राशिका युवतीमा थुप्रै गुण हुने गर्दछन् ।

२. वृष राशी

वृष राशि भएका युवतीहरुलाई सुन्दरताले कुनै असर गर्दैन । आफूमा रुपरंग नभएपनि अरुको मन आफूतिर आर्कषित गर्न यी राशिका युवती शक्तिशाली मानिन्छन् । वृष राशिका युवतीलाई सुन्दर देवीसंग तुलना गरिन्छ । कोही पुरुषको सामु वृष राशिका युवति पुगे उनीहरु केहीबेरमा नै आर्कषित पार्न सक्छन् । अझ वृष राशिका युवती आसपासका व्यक्तिमाथि सजिलै जित निकाल्न सक्ने र आफ्नो अधिकार जमाउने सक्ने शक्ति हुन्छ । यि राशिका युवतिका कुरा पुरुषहरुले काट्न सक्दैनन् ।

३. वृश्चिक राशि

वृश्चिक राशि भएका युवतीहरु आफूले चाहेका पुरुषलाई आर्कषित गर्न शक्ति सम्पन्न हुन्छन् । उनीहरु आफ्नो वर्चश्व राख्न वा प्रभाव छाड्न निकै माहिर हुन्छन् । उनीहरुमा पुरुषलाई आर्कषित गर्न सुन्दरता वा कुनै क्षमता चाहिँदैन । वृश्चिक राशिका युवतिले आफ्नो हेराई र बोलीबाट अरुलाई प्रभाव पार्न सक्दछन् । अधिकांश छोटो समयावधिमा भेटिएका प्रायः पुरुषहरु वृश्चिक राशि भएका युवतीसंग स्वतः आर्कषित हुने गर्दछन् । उनीहरुको अनुहार र आ“खामा नै एक प्रकारको सम्मोहन झै शक्ति हुन्छ ।

४. मीन राशी

मिन राशि भएका युवतीहरुसँग प्राय पुरुषहरु छिट्ट प्रेममा पर्ने गर्दछन् । मिन राशिका युवतिको रोमान्टिक बानीले पुरुषलाई छिटो आर्कषित गर्दछ । यी राशिका युवतीका प्रेममा पर्ने पुरुषहरु उनीहरुको अनुहार वा ब्यवहार भन्दा पनि उनिहरुको बोलिले आर्कषित हुने गर्दछन् । मीन राशिका युवतीमा हुने सबैभन्दा ठुलो गुण भनेको उनीहरुको मिलनसार ब्यवहार हो जसले पुरुष आर्कषित गर्न सबैभन्दा महत्वपूर्ण भूमिका राख्दछ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ९ : ०७ बजे

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा