खाजा खर्च कटाएर पुस्तकालय पुनर्निर्माण « Khabarhub

खाजा खर्च कटाएर पुस्तकालय पुनर्निर्माण


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले खाजा खर्च बचाएर पुस्तकालय पुनर्निर्माण गरेका छन् । विसं २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार, रङ्गरोगनका साथै साजसज्जा गरेर क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ ।

विद्यार्थीहरूले खाजा खर्च कटाएर दिएको करिब १० लाख रुपैयाँको लागतमा जीर्ण अवस्थामा रहेको पुस्तकालय पुनर्निर्माण गरिएको नेविसङ्घ पाटन इकाइका सभापति तारा शर्माले जानकारी दिए ।

बुधबार उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुस्तकालयको उद्‌घाटन गरेसँगै क्याम्पस प्रशासनलाई विधिवत् रूपमा हस्तान्तरण गरिएको हो ।

उपप्रधानमन्त्री सिंहले खाजा खर्च कटाएर विद्यार्थीले गरेको असल कामका लागि धन्यवाद दिए । उनले विद्यार्थीले राजनीति मात्रै नभइ यस्तै रचनात्मक काम गर्ने समाजमा पनि राम्रो सन्देश प्रवाह हुने बताए । अब राम्रो विषय पढ्नका लागि नेपालमै सम्भव रहेको र देशभित्रै बसेर पनि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिनेबारे साथीभाइलाई आश्वस्त पार्न उपप्रधानमन्त्री सिंहले विद्यार्थी सङ्गठनलाई आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेतले अबको एक वर्षभित्र पाटन क्याम्पसमा सकारात्मक परिवर्तन भएको देख्न पाइने विश्वास व्यक्त गरे । उनले राजनीतिभन्दा माथि उठेर विद्यार्थीले गरेको कामको सराहना गरे ।

नेविसङ्घ पाटन इकाइका सभापति शर्माले गत वर्षबाटै एक वर्षभित्र गर्ने कामको खाका तयार गरेर शौचालय, पुस्तकालय, खानेपानीको व्यवस्थापन, प्राथमिक उपचार केन्द्र निर्माण गरिएको बताए ।

उनले विगत ५२ हप्तासम्म प्रत्येक हप्ताको शुक्रबार क्याम्पस हाताभित्र  सरसफाइ अभियानसमेत सञ्चालन गरिएको जानकारी दिए । 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : १६ बजे

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आज, सुनुवाइ समितिमा १६ उजुरी सांसदलाई वितरण

काठमाडौँ – संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा.

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार

युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी– जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४