‘नगर गान’ तयार गर्दै बर्दघाट नगरपालिका | Khabarhub Khabarhub

‘नगर गान’ तयार गर्दै बर्दघाट नगरपालिका


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै ‘नगर गान’ बनाउने काम सुरु गरेको छ ।

आफ्नो पहिचान झल्कने गरी नगर गान निर्माण गर्ने कार्य अघि बढाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

उनले नगरको भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक पहिचान हुने गरी नगर गान निर्माण गर्न थालिएको बताए । नगर गानको सिफारिसका लागि नगरले बर्दघाट प्रज्ञा प्रतिष्ठानलाई जिम्मा दिएको छ ।

प्रतिष्ठानले नगर गानको मूल्याङ्कन र सिफारिसका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने संयोजक रहेको समितिमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, प्रतिष्ठानका सदस्य सचिव शरद पौडेल तथा दुईजना सङ्गीतकार सदस्यका रूपमा रहेका छन् । संयोजक न्यौपानेका अनुसार नगर गानका लागि प्रज्ञा प्रतिष्ठानले काम अगाडि बढाएको छ ।

प्रतिष्ठानले विद्यार्थी, शिक्षक–शिक्षिका तथा अन्य सर्जकहरूलाई नगर गान निर्माणका लागि आह्वान गर्ने र उत्कृष्ट नगर गानलाई सिफारिस गर्ने न्यौपानेले बताउनुभयो । पश्चिम नवलपरासीमा रहेका सातवटा स्थानीय तहमध्ये यहाँ हालसम्म कुनैले पनि आफ्नै पालिका गान तयार गरेको छैनन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : ३१ बजे

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जुम्ला– चन्दननाथ नगरपालिका– ७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला