विवादास्पद पेनाल्टी गोलमा परिणत हुँदा प्ले अफमा एटलान्टा पराजित | Khabarhub Khabarhub

विवादास्पद पेनाल्टी गोलमा परिणत हुँदा प्ले अफमा एटलान्टा पराजित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तिम समयमा पाएको विवादास्पद पेनाल्टीको अवसरलाई गुस्ताभ नेल्सनले गोलमा परिणत गरेपछि युरोपेली च्याम्पियन्स लिगको प्लेअफमा एटलान्टा पराजित भएको छ। बुधबार भएको प्ले अफमा ब्रुगले एटलान्टालाई २-१ ले हराएको हो।

खेलको १५ औँ मिनेटमा ब्रुगले पहिले अग्रता लिएको थियो। उसका लागि टिनएजर केम्सटाइन टाबीको त्रसलाई उपयोग गर्दै फेरान गुटग्लाले पहिलो गोल गरेका हुन्।

क्रोएसियाली अन्तर्राष्ट्रिय खेलाडी मारियो पासालिकले ४१ औँ मिनेटमा गोल गर्दै एटलान्टालाई खेलमा फर्काए। इन्जुरी समयको चौथो मिनेटमा यसाक हेनले नेल्सनलाई फल प्रहार गरेपछि ब्रुगले पेनाल्टी पाएको थियो। नेल्सनले सो अवसरलाई सहजै उपयोग गर्दै जित आफ्नो पक्षमा पारेका हुन्।

मंगलबार यी दुई टोलीको दोस्रो लेग प्ले अफ हुनेछ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : ४४ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित