‘नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यक’   « Khabarhub

‘नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यक’  


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यक रहेकाले सबैले जोड दिनुपर्ने बताएका छन् ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले आयोजना गरेको नसर्ने रोगको लागि पहिचानका लागि एक महिने अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले नेपालमा नसर्ने रोगको भार बढिरहेको बताउदै समयमै परीक्षण गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘मलाई केही पनि हुँदैन भन्ने घमण्डमा हामीमा छ त्यसैले परीक्षण गर्न बेवास्ता गर्छौँ तर समयमा परीक्षण गरिएन भने दीर्घरोगी भइ बाँच्नु पर्ने हुन्छ । रोग लागेको छैन भन्ने घमण्ड त्यागौँ र नियमित परीक्षण गराऔँ ।’

डा पोखरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान कार्यक्रम नियमित कार्यक्रमको रूपमा गरिरहेको र स्थानीय तहले यो कार्यक्रमलाई बढी महत्वका साथ अघि बढाओस् भन्ने उद्देश्यले अभियान थालेको बताए।  

स्वास्थ्य मन्त्रालयले आजबाट महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिनेछ ।

यो अभियान नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन हुने भएको हो । देशभरका स्थानीय तह अन्तर्गतका सबै स्वास्थ्य संस्थामा सञ्चालन हुँदै छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले नसर्ने रोगको रोकथाम र नियन्त्रणमा सबैको साथ सहयोगको अपेक्षा गरेको बताए।

उनले भने, ‘यस अभियानले सबै स्वास्थ्य रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वजस्तै मोटोपना, धुम्रपान तथा मध्यपान नियन्त्रण र नुनको अत्यधिक प्रयोगमा कमी ल्याउन मद्दत पुग्ने आशा गरिएको छ ।’

विश्वभर मृत्यु र अपाङ्गताको मुख्य कारको रूपमा नसर्ने रोग रहेको छ । नेपालमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको देखिन्छ । बदलिँदो जीवनशैली, बढ्दो सहरीकरण, परिवर्तित जनसङ्ख्याको अनुपात, जलवायु परिवर्तनजस्ता कारणले नसर्ने रोग बढिरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १ : १० बजे

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर

पूर्वानुमानमा आधारित विपद् प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता

सुदूरपश्चिम– सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यलाई स्थानीय

‘आर्यघाटमा अन्तिम संस्कार गर्न विपन्नलाई आर्थिक संकट, निःशुल्क वा सहज व्यवस्था गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका सङ्ग्रौलाले पशुपति आर्यघाटजस्ता स्थलहरूमा विपन्न

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन रुलिङको माग

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको