संकटमा इजरायलसँगको युद्धविराम, हमासद्वारा नेताहरूलाई फोन बोक्न प्रतिबन्ध « Khabarhub

संकटमा इजरायलसँगको युद्धविराम, हमासद्वारा नेताहरूलाई फोन बोक्न प्रतिबन्ध


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

गाजा- गाजाक्षेत्रस्थित विद्रोही संगठन हमासले इजरायलसँगको युद्धविराम सम्झौता जुनसुकै बेला भंग हुने आशंकाबीच आफ्ना शीर्ष नेताहरूलाई मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिएको छ ।

टाइम्स अफ इजरायलका अनुसार हमासका धेरै वरिष्ठ राजनीतिक र सैन्य नेताहरूलाई इजरायली सेनाले निशाना बनाउन सक्ने आशंकापछि फोन प्रयोग नगर्न निर्देशन दिएको हो ।

गत महिना इजरायल र हमासबीचको युद्धविरामपछि केही नेताहरूले फोन प्रयोग गर्न थालेका थिए । उनीहरूले गाजापट्टीमा १५ महिना लामो इजरायली हमलापछिको युद्धविरामका कारण मोबाइल फोन लिएका थिए ।

गत जनवरी १९ मा युद्धविराम सुरु भएदेखि हमासले ५६६ कैदीहरूको सट्टामा १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ।

तर यस हप्ताको सुरुमा इजरायलले सम्झौताको उल्लङ्घन गरेको भन्दै कथित शनिबार बन्धकहरूको अर्को निर्धारित रिहाई रोकेको छ । यद्यपि हमास समूहले अझै पनि सम्झौताप्रति प्रतिबद्ध रहेको बताइरहेको छ ।

‘हामी यो सम्झौता भङ्ग होस् भन्ने चाहँदैनौँ,’ हमासका वरिष्ठ अधिकारी बसम नइमले भने, ‘हामी कुनै पनि अवरोध र चुनौतीबाट बच्न हरसम्भव प्रयास गरिरहेका छौँ । यदि मध्यस्थताबाट स्थिति समाधान हुन्छ भने हामी आगामी शनिबारसम्म बाँकी कैदीलाई सुम्पन तयार छौँ ।’

तर, इजरायली रक्षामन्त्री इजरायल काट्जले हमासका सबै बन्धक रिहा गर्न सम्भावित ढिलाइलाई ‘युद्धविराम सम्झौताको पूर्ण उलंघन’ मानिने बताएका छन् ।

अर्कातर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गाजामा बन्दी बनाएका सबैलाई शनिबारसम्म फिर्ता नगरिए युद्धविराम खारेज हुने बताइरहेका छन् । उनले यसो भनेर हमासलाई धम्की दिएपछि मध्यपूर्वमा तनाव बढ्ने देखिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पको भनाइलाई समर्थन गर्दै यदि हमासले बन्धकहरूलाई रिहा नगरे गाजामा तीव्र लडाइँ सुरु गर्ने बताइरहेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १ : ४४ बजे

रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी असार

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ