७ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट  | Khabarhub Khabarhub

७ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट 


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साताको अन्तिम शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा पुगेको छ । नेप्से ०.२७ प्रतिशतले घट्दा कारोबार पनि घटेको छ । 

आज ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता शेयर कारोबार भएको छ । नेप्से घट्दा ७६ वटा कम्पनीको मूल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

यस्तै ३०२ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ८३५ पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूह घटेको छ । सबैभन्दा बढी फाइनान्स समूह १.८८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.१७ प्रतिशतले बढेको छ । लगानी समूह भने ०.५२ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी विकास बैंक समूह ०.९५ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.०१ प्रतिशतले घटेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.२३ प्रतिशतले, होटेल तथा पर्यटन ०.५८ प्रतिशतले, हाइड्रोपावर ०.९० प्रतिशतले, जीवन बीमा ०.१४ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.४७ प्रतिशतले, म्युचुअल फण्ड ०.०८ प्रतिशतले, निर्जीवन बीमा ०.८७ प्रतिशतले र अन्य समूह ०.१० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ३ : ३० बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज