कैलालीमा नेकपा नेताको गाडीमा आगजनी « Khabarhub

कैलालीमा नेकपा नेताको गाडीमा आगजनी


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेताको गाडीमा आगजनी भएको छ ।

नेकपाका स्थानीय नेता गौरीप्रसाद जोशीको घोडाघोडी नगरपालिका–१ सुन्दरपुरस्थित घरमा राखिएको बा ९ च ६५१७ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको हो ।

इलाका प्रहरी कार्यालय सुखडले सोमबार राति जोशीको गाडीमा आगजनी भएको जनाएको छ । प्रहरीका अनुसार गाडीमा आगो लगाउने व्यक्तिको भने पहिचान खुल्न सकेको छैन ।

छिमेकीहरुले गाडीमा आगो लागेको देखेपछि घरका व्यक्तिलाई खबर गरेका थिए । छिमेकीसहित घरका व्यक्ति मिलेर राति नै गाडीमा लागेको आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागीबाट गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

नेता जोशी तत्कालीन नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य (केन्द्रीय सदस्य) थिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण पछि गठन भएको नेकपामा भने उनी जिम्मेवारीविहनी जस्तै रहेका नेकपाको कैलाली जिल्ला कमिटीका एक सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ५५ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण