मोटरसाइकलमा सवार युवक डिभाइडरमा ठोक्किएर त्रिशूलीमा खसे, कार्यरत थिए भारतीय सेनामा « Khabarhub

मोटरसाइकलमा सवार युवक डिभाइडरमा ठोक्किएर त्रिशूलीमा खसे, कार्यरत थिए भारतीय सेनामा


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चट्टाने भीर (दुई किलो) मा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशुलीमा खसेर बेपत्ता भएका छन् ।

बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको बुलेट मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले बताएका छन् ।

शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन-नारायणगढ सडकखण्डको कालीखोलामा नारायणगढबाट आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएपछि चालक त्रिशूलीतिर उछिट्टिएर खसेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल भने सडकमै भेटिएको छ । स्थानीयले चालक त्रिशूलीमा उछिट्टिएर खसेको जानकारी दिएपछि प्रहरी खोजीमा जुटेको छ ।

डीएसपी महतोले दिएको जानकारी अनुसार मोटरसाइकलसँगै लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता, फोटो र भारतीय सेनाको परिचयपत्र पनि भेटिएको छ ।

नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय गोर्खा सैनिकका रुपमा कार्यरत रहेको खुलेको छ।

मोटरसाइकल सडकको छेउको डिभाइडरमा ठोक्किए पनि माथि नै अड्किएको छ। चालक भने उछिट्टिएर त्रिशूलीमा पुगेका खुलेको छ । उनको पर्स भीरमा फेला परेको थियो ।

राना बुलेट मोटरसाइकलबाट उछिट्टिएर १५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीसहित खोजीमा जुटेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १ : ५८ बजे

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस

एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार