परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान « Khabarhub

परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज ओमन प्रस्थान गरेकी छन्  । आजदेखि फेब्रुअरी २० सम्म ओमनको राजधानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राणा गर्दै आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

उनलाई परराष्ट्र सचिव अमृतबहादुर राई र परराष्ट्रका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । 

उनी ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा त्यसतर्फ लागेकी हुन् । ‘सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा’ मुख्य विषय राखिएको उक्त सम्मेलनमा मन्त्री डा राणाले नेपालका तर्फबाट सहभागिता जनाउने छिन् । 

साथै मन्त्री डा राणाले यस सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने सम्बन्धी सत्रलाई सम्बोधन गर्ने छिन् । 

यस भ्रमणका क्रममा मन्त्री डा राणाले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री एवं अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने छिन् ।

यस भ्रमणका क्रममा आपसी सहयोगका विभिन्न क्षेत्रहरूका केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ । 

परराष्ट्रमन्त्री डा राणाले मस्कटमा गल्फ कोअपरेसन काउन्सिल (जिसीसी) मा आबद्ध राष्ट्रहरूमा कार्यरत नेपाली राजदूत र कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्ने कार्यक्रम पनि रहेको छ ।

उनी यही फेब्रुअरी २० मा स्वदेश फर्किने कार्यक्रम छ ।  

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १ : ५५ बजे

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार

युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी– जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४

रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

म्याग्दी– सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि